‘बेसमेन्ट’मा बनाइएको ‘होल्डिङ रुम’ सेवाग्राही बस्न योग्य छैन : महानगर

१० भदौ, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएर सेवाग्राही बस्न प्रयोग गरेको बताए पनि उक्त स्थान सेवाग्राही बस्न योग्य नभएको काठमाडौं महानगरपालिकाले बताएको छ । महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले बेसमेन्टमा सञ्चालित होल्डिङ सेन्टर सेवाग्राही बस्न योग्य नभएको बताएका हुन् । उनले भने, ‘विभागले बेसमेन्टलाई होल्डिङ रुमको रुपमा प्रयोग गरेर […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगर मेयरका लागि सिर्जना सिंह योग्य व्यक्ति: देउवा

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगर मेयरका लागि सिर्जना सिंह योग्य व्यक्ति भएको बताएका छन् । काठमाडौँमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिर्जना सिंहले काठमाडौँ महानगरमा राम्रो काम गरेर देखाउने वचन दिएको बताए ।

पोखरा महानगरकाे मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराउन कांग्रेसकाे आह्वान

कास्की - नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । महानगर समितिको सचिवालयले हिजाे सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको हो । आज ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकाङ्क्षी आफैँ उपस्थित भइ नाम दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवा...

जहाँ खेती योग्य जमीन त्यहाँ सिंचाई : ऊर्जामन्त्री भुषाल

मंसिर ६, चितवन । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषालले अब सबै खेती योग्य जमीनमा सिंचाईको सुविधा दिने बताएकी छिन् । सोमवार भरतपुर महानगरले आयोजना गरेको समृद्ध भरतपुर महानगरका लागि विकास बहस कार्यक्रममा बोल्दै कृषिमा आत्मनिर्भर बन्नपनि सिंचाई सुविधा अपरिहार्य भएको बताईन् । ‘जहाँ खेतीयोग्य जमीन हुन्छ त्यहाँ सिंचाई सुविधा हुन्छ ।’ उनले भनिन् ।  उत्पादन बढाएर आत्मनिर्भर बनाउन र व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सिंचाई सुविधा हुनुपर्ने उनको भनाइ छ । ‘सिंचाईका लागि मेरो विशेष ध्यान छ, यसले गरीबी न्यूनीकरण गर्न पनि मदत गर्छ ।’ उनले भनिन् ।  जलवायु प्रभावका कारण अहिले नारायणी र कर्णालीले क्षति पुर्‍याएको भन्दै नारायणी नदीको तटबन्दको लागि मात्र २३ अर्ब रुपैयाँको गुरुयोजना रहेको जानकारी दिइन् । ‘नारायणी नदीको १७ किलोमिटर तटबन्दको लागि ५ अर्ब छुट्याइएको छ ।’ उनले भनिन् । नारायणी नदीको तटबन्दको लागि यही चालू आव भित्र काम अघि बढ्ने उनको भनाइ छ ।  अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरको विकासले आफूलाई प्रेरित भएको भन्दै देशका अन्य महानगरपालिकाले भरतपुर महानगरबाट केही सिक्नु पर्ने बताए । ‘भरतपुर महानगरबाट अन्य नगरपालिकालाई ईष्र्या गर्ने लायक भरतपुर बनेको छ ।’ उनले भने, । आफू बोलेर भन्दा काम गरेर देखाउने मन्त्री भएको भन्दै भरतपुरका निर्माणधीन गौरवका आयोजनालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।  ‘म बोलेर भन्दा पनि काम गरेर देखाउने मन्त्री हो उनले भने, मलाई जिम्मा दिएको काम पूरा गरेको छु ।’ ‘रंगशाला शान, प्रतिष्ठाको विषय बनेको छ, यसलाई पूर्णता दिन छलफल भइरहेको छ, उनले भने, भरतपुर विकास हुँदा मेचीदेखि महाकालीलाई विकास गर्न प्रेरित गर्छ ।’  भरतपुर विमानस्थल विस्तार, नारायणी तटबन्द लगायतका अन्य आयोजनालाई  पूर्णता दिने उनले विश्वास दिलाए  । सो अवसरमा बोल्दै पर्यटन मन्त्री प्रेम बहादुर आलेले भरतपुरको अड्किएको भरतपुर विमानस्थलको काम गर्न आफू यहाँ आएको बताए । ‘हामी गोली गठ्ठा लिएर चितवन आएका छौं उनले भने मिसन पूरा गछौं ।’  उनले भरतपुर विमानस्थलको क्षेत्रफल विस्तार गरेर स्तरोन्नतीको कामलाई छिटै पूर्णता दिइने दाबी पनि गरे । भरतपुर विमानस्थलको क्षेत्र विस्तार गर्न सेना व्यारेक र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गर्न लागिएको उनको भनाइ छ । ‘धेरै गाह्रो अप्ठ्यारो छैन, २०–२५ करोड बजेट भए पर्यटकको आकर्षण केन्द्र बन्नेछ’, उनले भने, ‘मन्त्रालयबाट सिफारिस गरेर द्रुत बजेट निकासा हुनेछ ।’  चितवनमा बोटानिकल पार्कको लागि पनि काम अघि बढाउने भन्दै उनले आफ्नो मन्त्रालयबाट अर्थमन्त्रालयलाई तत्काल सिफारीश गर्ने बताए । ‘हामी फाइट टु  फिनीसमा छौ ।’ उनले भने । सरकारी कर्मचारीले वर्षको दश दिन पर्यटन प्रवर्द्धन गर्न दिईने छुट्टी छिट्टै नै लागू गरिने उनको भनाइ थियो ।  सो अवसरमा बोल्दै राज्य मन्त्री उमेश श्रेष्ठले चितवनमा जस्तो अन्य जिल्लामा पूर्वाधार नभएको भन्दै समय अनुसार ऐन र नीतिमा परिवर्तन गर्दै लैजानु पर्ने बताए । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले आफू मेयर भएपछिको साढे चार वर्षमा गरेको विकास निर्माण कार्यप्रगति र निर्माणधीन योजनाको बारेमा व्याख्या गरेकी थिइन् ।

जागृति नगरमा बाल उद्यान निर्माण गर्दै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा ३१ जागृति नगरमा बाल उद्यान निर्माण गर्ने भएको छ। बुधवार एक कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्यानको शिलान्यास गरेका हुन्।उनले आफूले कार्यभार सम्हालेर निर्णय गरेका कुराहरू सामूहिक धारणामा गरेको दाबी गरे। उनले भने‚ ‘त्यसकारण हामीले लिएका नीति र कार्यक्रम सबै कार्यान्वयन योग्य छन्। सबै कार्यान्वयनमा गएका छन्।’ खुला क्षेत्रको सार्वजनिक उपयोगले सामाजिक सद्भाव बढाउने उल्लेख गर्दै कार्यक्रममा बागमती प्रदेश सभा

'सर्वोच्चले सप्तपाताल जोगाइदिएको नजिर छ, कमलपोखरीमा पनि त्यही आश गरेका छौं'

‘पुरातत्वले भन्दाभन्दै रातको अँध्यारोमा गुपचुप डोजर चलाउने महानगरबाट सम्पदा संरक्षण हुन्छ भनेर कसरी विश्वास गर्ने? महानगर त भर पर्न योग्य संस्था नै रहेन। रानीपोखरीको त्यत्रो घटनाबाट पनि पाठ नसिक्ने संस्थाबाट हामीलाई अब कुनै आश बाँकी छैन।'