पोखरा महानगरकाे मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराउन कांग्रेसकाे आह्वान

कास्की - नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । महानगर समितिको सचिवालयले हिजाे सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको हो । आज ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकाङ्क्षी आफैँ उपस्थित भइ नाम दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवा...