महानगरभित्रका अस्पतालहरुलाई बालेनले भने : मापदण्ड अनुसार लक्षित वर्गलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु

काठमाडौं : काठमाडौं महानगरपालिकाले महनगर क्षेत्र भित्र रहेका अस्पतालहरुलाई लक्षित वर्गलाई मापदण्ड अनुसार नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। महानगर प्रमुख बालेन्द्र शाहले स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाले निर्णय गरेको बताएका छन्। ‘महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित…

सम्बन्धित सामग्री

दिगो विकास लक्ष्य प्राप्ति : संकल्पको समीक्षा जरुरी

आधारभूत स्वास्थ्यका लागि चाहिने जनशक्ति उपलब्ध नहुँदा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पर्छ। औषधिको उपलब्धता अर्को महत्वपूर्ण पाटो हो। त्यसमा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको तथ्यांकहरुले देखाएका छन्। स्वास्थ्य सेवाको गुणस्तरमा न्यूनतम सेवा मापदण्ड पूरा गरेर सेवा प्रवाह गर्ने संस्थाहरुको संख्या शून्य दशमलब ६ प्रतिशत मात्र देखिएको छ।

काठमाडौं महानगरपालिकाले बनायो निःशुल्क उपचारसम्बन्धी मस्यौदा

स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरु मस्यौदामा राखिएका छन्।

असहायलाई १० प्रतिशत शय्या उपलब्ध नगराउने अस्पताललाई कारबाही गर्छु : मेयर  बालेन

काठमाडौं : काठमाडौं उपत्यकामा रहेका अस्पतालले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश (१० )  प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार नगरे कारबाही गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताएका छन्।फेसबुकमा एक स्टाटस राख्दै उनले लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौं महानगर पालिकाबाट नियमानुसार कारबाही हुने बताएका हुन्।उनले भनेका छन्, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७

राजधानीका मुख्य अस्पतालमै छैनन् जेरियाट्रिक वार्ड

सरकारले जेरियाट्रिक केयर सेन्टर सञ्चालन निर्देशिका र मापदण्ड कागजी रुपमा तयार पारे पनि व्यवहारिक रुपमा लागू गर्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दीर्घ रोग, प्राकृतिक प्रकोप, दुर्घटना बुढ्यौलीका कारण आवश्यकता अनुसार स्वास्थ्य सेवा तथा स्याहार माग गर्ने ज्येष्ठ नागरिकलाई जेरियाट्रिक केयर सेन्टरमा स्वास्थ्य सेवा उपलब्ध गराइने मापदण्ड तयार पारेको हो ।यद्यपि मन्त्रालयले जेरियाट्रिक वार्ड स्थापना गरिएको भनेकै अस्पतालहरुले व्यावहारिक रुपमा भने अझै यस्तो वार्ड सञ्चालन गरेका छैनन् । यहाँस

स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिन संसदीय समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। समितिका सभापति जयपुरी घर्तीले सबै परीक्षा केन्द्रमा डाक्टर–नर्स र सामान्य औषधी उपलब्ध गराउँदै स्वास्थ्य मापदण्डको पूर्णपालना गरी परीक्षा लिने वातावरण मिलाउन निर्देशन दिइन्। समितिले परीक्षण गराएर मात्रै परीक्षामा सहभागी गराउन, उपचाररत संक्रमित विद्यार्थीलाई पुनः परीक्षाको मौका दिन भनेको छ।

खोप लगाएकालाई समेत कोरोनाको तेस्रो भेरियन्टले प्रभाव पार्न सक्ने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरुमा समेत कोरोनाको तेस्रो तहरले प्रभाव पार्न सक्ने जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन्। सार्वजनिक यातायात सञ्चालन भइसकेको अवस्थामा कोरोना संक्रमण बढिरहेकालेस्वास्थ्य मापदण्ड अनिवार्य रहेको मन्त्रालयले जनाएको छ। सबै नागरिकका लागि खोप उपलब्ध गराउन विभिन्न देशबाट खोपको व्यवस्थागर्न लागिएको समेत मन्त्रालयले बताएको छ।

कोरोना महामारीमा होटल तथा रेष्टुरेण्टले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

काठमाडौं। होटल तथा रेष्टुरेण्टले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड अपनाउन चिकित्सकले सुझाएका छन्। कामदारले अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउने, प्रवेश गर्ने सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको व्यवस्था गर्न, होटल तथा रेष्टुरेण्टलाई नियमित रुपमा स्यानिटाइज गर्न, मास्क नलगाइ प्रवेश गरेमा व्यवस्थापकले मास्क उपलब्ध गराउनु पर्ने सुझाव रहेको छ।

सरकार भन्छ- अस्पतालमा बेड उपलब्ध गराउन नसकिने अवस्था आयो

काठमाडौं। सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने बताएको छ। उपत्यकाकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अपीलमा स्वास्थ्यका मापदण्ड पालना गर्न र संवेदनशील बन्न भनेको छ।