किभस्थित भारतीय दूतावास बन्द भएको छैन – भारतीय विदेशमन्त्रालय

काठमाडौं– युक्रेनको राजधानी किभस्थित भारतीय दूतावास बन्द बन्द नगरिएको भारतीय विदेशमन्त्रालयले स्पष्ट पारेको छ । विदेश मन्त्रालयलका प्रवक्ता अरिन्दम बागचीले किभस्थित भारतीय दूतावास पूर्ण सञ्चालनमा रहेको स्पष्ट पारे । यद्यपि दूतावासका केही कर्मचारीहरु भने पश्चिमी शहर लभिभ तर्फ सरेको भएपनि किभस्थित दूतावास पूर्ण सञ्चालनमा रहेको जनाएका हुन् । ‘लभिभमा पनि हाम्रो टिमले काम गरिरहेको छ […]

सम्बन्धित सामग्री

क्यानडामा खालिस्तान समर्थकले हरदीप सिंहको हत्याको विरोधमा जलाए भारतीय झण्डा

भ्यानकुभरस्थित भारतीय दूतावास अगाडि नै प्रदर्शनकारीले भारतीय झण्डा च्यात्दै जलाएका हुन् । उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर पनि च्यातिदिए ।

भारतीय दूतावास र युवा उद्यमी मञ्चबीच सहकार्य

काठमाडौं । नेपाल र भारतका स्टार्टअपहरूलाई एकै ठाउँमा ल्याएर सञ्चालन गर्न भारतीय दूतावास र नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्चबीच सहकार्य हुने भएको छ । दूतावास र मञ्चले मंगलवार ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गर्दै सहकार्य गर्ने जानकारी गराएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आतिथ्यमा भएको कार्यक्रममा नेपाल र भारतका स्टार्टअपहरूबीच सम्पर्क विस्तार गर्नेबारे छलफल गरिएको थियो । भारतीय स्वतन्त्रताको ७५ वर्ष र नेपाल–भारत कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–ट्वेन्टीको अध्यक्षता र ‘जी–ट्वेन्टी फाइनान्स ट्र्याक’मा नेपालको सहभागिताबारे चर्चा गरे । कार्यक्रममा गभर्नर अधिकारीले डिजिटल नेपालको विषयमा आफ्ना धारणा राख्दै आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाउने तयारी गरिएको बताए । अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रूपमा पहिचान गर्दै नेपाल–भारत वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले ‘नेपालमा स्टार्टअप अवसरहरू’ विषयमा आफ्ना धारणा राखे । स्टार्टअप इन्डियाका अनुभव कुमार दासले ‘स्टार्टअप इन्डिया स्किम’ विषयमा प्रस्तुति दिएका थिए । दुईपक्षीय छलफल नेपाल र भारतबीच ई–कमर्श तथा फिनटेक क्षेत्रका अवसरबारे केन्द्रित रहेको बताइएको छ ।

महाकाली घटना : भारतीय दूतावास अघि अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौं : भारतले महाकाली नदीको धार परिवर्तन गर्दै अनधिकृत संरचना निर्माण गरिरहेको विरोधमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ। आज लैनचौरस्थित भारतीय दूतावास जाने बाटोमा उनीहरुले प्रदर्शन गरेका हुन्। सानो संख्यामा उपस्थित प्रदर्शनकारीहरुले भारतीय विस्तारवादको विरोध गर्दै तत्काल अनधिकृत निर्माण कार्य रोक्न माग गरेका थिए। भारतीय पक्षले नदीको धार परिवर्तन र…

जब भारतीय दूतावास नजिकै बम भेटिएको झुठो खबर प्रहरी कहाँ पुग्यो…

२९ असार, काठमाडौं । मंगलबार दिउँसो लैनचौरस्थित भारतीय दूतावास नजिकै शंकास्पद वस्तु देखेको भन्दै स्थानीयले प्रहरी कन्ट्रोल १०० मा फोन गरे । बाहिर तार देखिएको झोलामा ‘बम’ हुनसक्ने भन्दै फोन आएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली सतर्क भयो । केही दिनअघि मात्रै दूतावासभित्र एक जना सुरक्षागार्डले आफैंलाई गोली हानेको घटनाले चर्चा पाएको थियो । त्यही […]

भारतीय दूतावास भित्र सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी हात्महत्या गरेका छन् । दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र हात्महत्या गरेका हुन् । उनले आफूले बोकेको इन्सास राइफलले आफैलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । स्रोतका अनुसार उनको […] The post भारतीय दूतावास भित्र सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘आईजीपी बढुवाका लागि भारतीय दूतावास धाउनु देशद्रोह’

नेपाल प्रहरीको आईजीपी बन्नका लागि भारतीय दूतावास धाउने नेपालका प्रहरी अधिकारीलाई के–कस्तो कारबाही हुनुपर्ला ? यस्तो घटनामा राज्यले केही नभएजस्तो गरेर बस्न मिल्छ कि मिल्दैन ? नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेले हालै एक पुस्तकमा नेपाल प्रहरी संगठनको बेइज्जती र मानमर्दन हुने प्रसङ्ग उल्लेख गरेपछि यस्तो प्रश्न उब्जिएको छ ।प्रहरी महानिरीक्षकको दौडमा रहेका चारजना प्रहरी अधिकारीहरूले इण्डिया हाउसमा आफूसँग बेग्लाबेग्लै भेट गरेको पूर्व राजदूत रेले आफ्नो पुस्तक ‘काठमाडौँ डिलेमा रिसेटि

‘आइजीपी बन्न’ सिलवाल, अर्याल, चन्द र भण्डारी ‘भारतीय दूतावास छिरेको’ खुलासा

काठमाडौं, १९ असोज । नेपाल प्रहरीको २६औं आइजीपी नियुक्ति सबैभन्दा विवादास्पद भएको थियो । त्यतिबेला डिआइजीबाट सिधै आइजीपी नियुक्त भएका थिए । प्रतिष्पर्धामा ४ जना थिए । डिआइजी बढुवा हुँदा नवराज सिलवाल पहिलो नम्बरमा थिए । दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा जयबहादुर चन्द र चौंथोमा बमबहादुर भण्डारी थिए । सिलवाल र चन्दबीच चर्को प्रतिष्पर्धा चलेको थियो […]

भारतीय दूतावास अगाडि युवा संघको प्रदर्शन

१८ साउन, काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्‍यादती बन्दर गर, जयसिंह महराको मृत्‍यु होइन, […]

दार्चुला घटनाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौँ– दार्चुला घटनाको विरोधमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालस्थित भारतीय दूतावास अघि प्रदर्शन गरेको छ । दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा नेपाली युवक जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । दार्चुला घटनालाई संगठनले ‘भारतीय ज्यादतीविरुद्ध […]