वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ शोमा फर्किएको जानकारी दिए । शुक्रवारको शो मार्फत श्रेष्ठ शोमा फर्किएका हुन् । श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा गायक राजेशपायल राई भित्