सिद्धार्थ क्यापिटल Siddhartha Capital को खुलामुखी सामुहिक कोष लगानी योजना 'सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किम' को इकाई आज आइतबारबाट खरिद बिक्रि गर्न सकिने भएको छ । सिद्धार्थ बैंक कोष प्रबर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यस योजनाको इकाईहरुको बिक्रि आजबाट खुला गरिएको क्यापिटलले जनाएको हो ।आज आइतबारदेखि सिद्धार्थ क्यापिटलको नारायणचौर, नक्साल स्थित कार्यालयबाट इकाई खरीद/बिक्री गर्न सकिने छ । क्यापिटलले हरेक साताको आईतबारदेखि बिहीबारसम्मः बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म इकाई खरिद बिक्रिको लागि काउन्टर खुल्ला हुने जनाएको छ। शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन योजनाका इकाईहरु खरीद/बिक्री बन्द रहने क्यापिटलले जनाएको छ । यो खुलामुखी योजना भएकोले नेप्सेमा कारोबार भने हुदैन ।