जनकपुरधाम : कोरोना संक्रमण रोकथाम गर्न मुलुक ‘लकडाउन’ मा गएको एक सातापछि १६ चैतमा प्रदेश नम्बर २ सरकारले गरिब तथा विपन्न परिवारलाई स्थानीय तहमार्फत राहत दिने निर्णय गर्यो। सर्वदलीय बैठक लगत्तै बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले महानगरलाई २५ लाख, उपमहानगरलाई २०, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख गरी प्रत्येक