ओलीको प्रश्न: म प्रधानमन्त्री बन्दा सरकारसँग पैसैपैसा थियो, अहिले कहाँबाट अलच्छिन पस्यो?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सरकारसँग विकास–निर्माणका गर्न कहिल्यै पैसाको अभाव नभएको बताएका छन् । अहिलेको सरकारसँग भने काम गरिसकेको ठेकेदारलाई पनि भुक्तानी गर्ने पैसा नभएको उनले टिप्पणी गरे । आज युवाहरुसँग एक अन्तरक्रियामा बोल्दै ओलीले सरकार कसैको मानपदवी बढाउन नभएर जनता र देशको विकास गर्न चाहिने बताए । तर, […]

सम्बन्धित सामग्री

देउवालाई ओलीको प्रश्न- चुच्चे नक्सा जारी गर्दा सहमति जनाउने, अहिले किन चुप ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतप्रतिको नीति स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाको भारतप्रति नीति स्पष्ट नभएको ओलीले बताउनुभयो । झापाको सुरुङ्गामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाप्रति कटाक्ष गर्दै अतिक्रमित नेपाली भूमी भारतसँग माग्न नजाने बताउनुभयो । उहाँले अतिक्रमित भूमी भारतसँग वार्तामार्फत फिर्ता ल्याइने […]

ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला […] The post ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीको प्रश्न : निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार क

सरकारलाई ओलीको प्रश्न : अनि उनीहरु नाक ठड्याउने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बिजुलीका गाडी चलाउने अभियान आफुले सुरु गरेको बताएका छन् । बुधबार नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा उत्पादन भएको बिजुली आफ्नै देशमा खपत गरौ, बिजुलीका गाडी चलाउ, बिजुली भात पकाऊ भनेको सुनेको भन्दै त्यही अभियान आफुले सुरु गरेकाले अहिले सरकारले नाक ठड्याउन पाएको बताएका हुन् ।‘२० बर्षसम्म यो देशमा लोडसेडिङ हट्दैन भन्ने मान्छेहरु, किनेको विद्युत बाल्नेहरू अहिले त्यसो

ओलीको प्रश्न : कुनै पार्टी लक्षित गरेर अध्यादेश ल्याइयो, यही हो अग्रगमन ?

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार सम्पादकहरुसँगको छलफलमा उनले दूषित मनसायले अध्यादेश ल्याएको भन्दै यही हो अग्रगमन भनी प्रश्न गरे । ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताए । ‘अहिले कतिलाई […]

झाँक्रीलाई ओलीको प्रश्न : अहिले बोल्न पाइन्छ कि पाइँदैन ?

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । सोमबार युवा संघको कार्याक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल–नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंगमा ओलीले सोमबार झाँक्रीलाई जवाफ फर्काएका हुन् । झाँक्रीले राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री ओली […]

सरकारलाई ओलीको प्रश्न : चीनसँग सीमा विवाद छैन, कसलाई खुसी पार्न समिति बनाएको?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेका छन्।शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, 'म भन्न चाहान्छु चीनसँग सीमा विवाद छैन। अहिले समिति बनाएको छ। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्‍यो? कसलाई खुसी पार्न? यो सरकारलाई चुनौति दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद छ देखाओस्।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत र चीनसँग तनावग्रस्त सम्बन्ध बनाउ

प्रधानमन्त्री ओलीको प्रश्न : अरुले जनता रुवाए, मैले हसाउँदा किन पिर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले रुवाएका जनतालाई आफूले हँसाएको दाबी गर्नुभएको छ । ओली नेतृत्वको नेकपा प्रदेश नं १ का कार्यकर्ताको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्नुभयो । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौ । सक्दैनौ। दिइने छैन ।’ प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभयो । ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उहाँले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाउनुभयो । कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।