काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेका छन्।शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, 'म भन्न चाहान्छु चीनसँग सीमा विवाद छैन। अहिले समिति बनाएको छ। कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्यो? कसलाई खुसी पार्न? यो सरकारलाई चुनौति दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद छ देखाओस्।’ उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत र चीनसँग तनावग्रस्त सम्बन्ध बनाउ