लमजुङ । डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्य सम्पादनमा समस्या भएको छ । दरबन्दीअनुसारका कर्मचारीको पदपुर्ती हुन नसक्दा कार्यालयको दैनिकीमा समस्या भएको हो । ४५ जनाको दरबन्दी रहेको कार्यालयमा २३ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । कार्यालयमा सबैभन्दा बढी वन रक्षकको अभाव रहेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताउनुभयो । २७ […]