कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित

लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिनुभयो । प्रदेश सरकार मातहत रहेको सो कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भए पनि हाल दुई जना प्राविधिक जनशक्तिसहित चार जना कर्मचारी मात्र कार्यरत …

सम्बन्धित सामग्री

कृषि ज्ञान केन्द्रको नियमित सेवा

कृषि ज्ञान केन्द्र बाजुराको कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुने भएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीलाई नियमित सेवा दिन दैनिक ११ घण्टा कार्यालय खुला राखिने जनाइएको छ । ‘सरकारी काम कैले जाला घाम’ भन्ने मान्यतालाई तोड्दै कृषि ज्ञान केन्द्र ११ घण्टा समय खुला राखिएको सो कार्यालयका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैसीले बताउनुभयो ।

कार्यालय सहयोगीले नायबसुब्बाको परिचयपत्र झुन्डाइ लाखौं ठगे

सिरहा- कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौं रकम असुल गरी फरार भएका छन्। अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन्। पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै […]

खोजी समाचार- निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा

कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त हुनुभएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाउनुभएको छैन । अवकाश पत्र नै नपाएपछि सेवासुविधा पाउने कुरै भएन । उहाँ मात्रै होइन, सेवानिवृत्त भएर पनि अवकाश पत्र नपाउने उहाँजस्तै धेरै कर्मचारी छन् मधेश प्रदेशमा । त्यसरी अवकाश पत्र दिने जिम्मेवारी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको …

कर्मचारी अभावले थलियो कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र पर्सा लामो समयदेखि कर्मचारी अभाव झेल्दै छ । मधेश प्रदेश सरकार मातहतको यो कार्यालयमा दरबन्दीको एक चौथाइ पनि कर्मचारी नहुँदा सीमित जनशक्तिलाई भ्याइनभ्याइ छ ।

सरकारी कार्यालयमा दरबन्दी बमोजिमका कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

पाँचथर । पाँचथरका पूर्वीपहाडी जिल्लाका सरकारी कार्यालयहरूमा दरबन्दी बमोजिमका कर्मचारी नहुँदा सेवा प्रवाह गर्न समस्या भएको छ । तोकिएको दरबन्दी भन्दा करिब ५० प्रतिशतको हाराहारीमा रहेका कर्मचारीले मात्रै अहिले सेवा दिइरहँदा सेवाग्राहीले सास्ती खेप्नु परिरहेको छ । कृषि ज्ञान केन्द्र फिदिम पाँचथरमा अहिले तोकिएको भन्दा आधा मात्रै कर्मचारीहरूले सेवा प्रवाह गर्दा छिटो, छरितो र चुस्तदुरुस्त […]

हरिलाल राई स्मृति सम्मान : दुई उत्कृष्ट कर्मचारीलाई

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्लेका स्वर्गीय नासु हरिलाल राईको स्मृतिमा दुई राष्ट्रसेवक कर्मचारीलाई सम्मान प्रदान गरिएको छ । किराँत राई कर्मचारी मञ्च केन्द्रीय समितिले स्थापना गरेको अक्षय कोषबाट कृषि ज्ञान केन्द्र खोटाङमा कार्यरत छैटौँ तहका अधिकृत हरिनारायण राई र इटहरी उप-महानगरपालिकाको स्वास्थ्यचौकी हासपोसामा कार्यरत अनमी बिमला राईलाई सम्मान गरिएको हो । समितिले आयोजना गरेको बृहत् […]

कृषि ज्ञान केन्द्र डेढ महीनादेखि प्रमुखविहीन

लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङ करीब डेढ महीनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाशपछि कार्यालय प्रमुखविहीन हुँदै आएको हो । प्रमुखविहीन भएको यतिका समय हुँदासमेत सरकारले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राहीदेखि कर्मचारी समेत मर्कामा पर्दै आएका छन् । प्रमुख पठाउन सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि हालसम्म कहिले आउने अन्योल नै रहेको केन्द्रका कृषि प्रचार अधिकृत बुद्धिबहादुर बानियाँले बताए । यस कार्यालयमा रहेका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीसमेत तालिमका लागि भन्दै यही भदौ ८ गतेदेखि काठमाडौं गएका छन् । उनले आफू २ महीना लामो तालीममा सहभागी भएकाले कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी उनले दिए ।  रासस

सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यालयमा कर्मचारी अभाव

बैतडी : सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुमा कर्मचारी अभाव भएको छ। बैतडी र दार्चुला हेर्ने गरी स्थापना भएको कृषि ज्ञान केन्द्र बैतडीमा १६ जनाको दरबन्दी  रहेकोमा छ जना मात्रै कर्मचारी रहेको कार्यालयका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। यस्तै, पाटनमा स्थापना भएको भेटनरी अस्पताल तथा ...

क्षेत्राधिकार नतोकिँदा कामविहीन कर्मचारी

तनहुँ : कृषि ज्ञान केन्द्र तनहुँका कर्मचारीहरू कामविहीन बनेका छन्। प्रदेश सरकारले काम गर्न क्षेत्राधिकार नतोकिदिँदा कर्मचारीहरूले काम गर्न सकेका छैनन्। कार्यालयमा कर्मचारीहरू समक्ष सेवा लिन आउने कृषकहरू मर्कामा परेका छन्।  केन्द्रले हाल परामर्श दिनेबाहेक अन्य सेवा प्रदान गर्न नसकेको केन्द्रकी योजना अधिकृत ज्योति क्षेत्री...