२५ माघ, काठमाडौं । गत डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ । बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ पक्षसँग कुराकानी गरिरहेको जानकारी दिएको छ । यता परराष्ट्र मन्त्रालयले पनि चिनियाँ पक्षलाई लिखित आग्रह गरेको छ । […]