किसानको समस्या समाधानका गर्न रत्ननगरमा किसान कल सेन्टर स्थापना

भदौ १६, चितवन । किसानहरुको समस्या फोन मार्फत सामधान गर्ने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकामा किसान कल सेन्टर शुरु गरिएको छ ।  नेपाल सरकार अन्तर्गत फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको सहयोगमा कृषि र पशुपालक किसानहरुका लागि कल सेन्टर स्थापना गरिएको हो । सो नगरपालिकाका नगर प्रमुख नारायण वन र आयोजनाका प्रमुख चिरञ्जीवि अधिकारीले मंगलवार कल सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  किसानहरुलाई आइपर्ने विभिन्न प्राविधिक लगायत अन्य समस्या सामधानको लागि निःशुल्क टोल फ्रि नम्बर १६६०५६५१०११ मा फोन गर्न सक्ने व्यवस्था गरिएको छ । कल सेन्टर सञ्चालनको लागि नगरपालिकाले कृषि र पशुपालनका प्राविधिक राखेको छ ।  फोनमार्फत किसानले राखेको समस्यालाई पालिका स्तरका प्राविधिकले तत्काल सामधान गर्ने र प्राविधिकले समस्या समाधान गर्न नसके विज्ञहरुलाई समेत कल सेन्टरमा जोड्ने व्यवस्था मिलाइएको नगरपालिकाका कृषि अधिकृत प्रविण लामाले जानकारी दिए ।  किसान, पालिका प्राविधिक, विज्ञ र विज्ञ समूह सम्मलाई कल सेन्टरमा जोडेर कृषि र पशुपालनको समस्या सामधान गर्ने बृहत योजनाका साथ किसान कल सेन्टर स्थापना गरिएको उनले बताए ।  कार्यक्रमका प्रमुख अतिथि आयोजनका प्रमुख अधिकारीले रत्ननगर कृषि र पशुपालनको क्षेत्रमा अग्रणी स्थानमा रहेको र यहाँका जनप्रतिनिधिहरु कृषि र पशुपालन प्रति जिम्मेवार रहेका कारण चितवनमै पहिलो पालिका स्तरमा रत्ननगरमा कल सेन्टर शुरु गरिएको बताए । किसानलाई प्रविधिसँग जोड्न आवश्यक रहेको भन्दै उनले आगामी दिनमा जिल्लाका अन्य पालिकाहरुमा पनि यसलाई जोड्न सकिने उनको भनाइ छ  ।  कार्यक्रममा मेयर नारायण वनले किसानहरुको समस्या फोन मार्फत समाधान गर्न अपरिहार्य भएकोले कल सेन्टर स्थापना गरिएको बताए । ‘हामीले यो किसानलाई उपहारको रुपमा ल्याएका हौं उनले भने किसानको पहिचानको लागि परिचय पत्रको समेत व्यवस्था गर्दैछौं ।’ मेयर वनले विपन्न किसानहरुको जीवनस्तर उकास्न ५० प्रतिशतमा गाई वितरण गर्ने प्रक्रिया शुरु पनि भइसकेको बताए ।  कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.दयाराम चापागाईं, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकार्ई चितवनका प्रमुख विनोद भट्टराई चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्त लगायतको सहभागिता रहेको थियो । 

सम्बन्धित सामग्री

नेपाल लाइफको कल सेन्टर दसैं बिदामा पनि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैंको बिदामा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । जिज्ञासा तथा गुनासो सुनुवाइका लागि कल सेन्टर सुविधा सुचारु राख्ने कम्पनीले जनाएको छ ।यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दसैंको बिदाको अवधि (दसैँको टीकाको दिनबाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

चौरजहारी नगरपालिकामा 'कल सेन्टर' स्थापना

रुकुम – नगरवासीलाई आपतकालीन सेवाको लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सम्पर्क केन्द्र (कल सेन्टर) स्थापना गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाबाट सञ्चालन भएका एम्बुलेन्स तथा अन्य आपतकालीन सेवाको सहजता र प्रभावकारीताको लागि कल सेन्टर स्थापना गरेको जनाएको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले एम्बुलेन्स सेवा तथा अन्य आपतकालीन सेवाको व्यवस्थित र सहज पुहँच स्थापनाको लागि कल सेन्टर स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार यस सेवाको लागि सर्वसाधा...

ललितपुर महानगरमा पनि कल सेन्टर सञ्चालन गरिने

काठमाडौँ । ललितपुर महानगरपालिकाले पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै महानगरका मेयर चिरिबाबु महर्जनले कल सेन्टर सञ्चालन गरिने बताए । महानगरवासीले सजिलैसँग गुनासो र आफ्नो समस्या राख्न पाउने गरी कल सेन्टर सञ्चालनमा ल्याइने जनाइएको छ । महानगरको नीति तथा कार्यक्रममै समावेश गरेर कार्यान्वयनमा ल्याउन लागिएको महानगरले […]

काठमाडौं महानगरद्वारा कल सेन्टर सञ्चालन

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ । महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कुनै गुनासो वा समस्या भए १६६००१०५५११ मा निःशुल्क […]

काठमाडौं महानगरद्वारा कल सेन्टर सञ्चालन

काठमाडौँ – काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ। यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो। कुनै गुनासो वा समस्या भए १६६००१०५५११ मा निःशुल्क फोन गरेर टिपाउन सकिने महानगरले […]

काठमाडौँ महानगरमा सञ्चालनमा आयो कल सेन्टर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । काठमाडौँबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै […]

काठमाडौं महानगरमा सञ्चालनमा आयो कल सेन्टर

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ । महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । काठमाडौंबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा […]

जनगुनासो सम्बोधन गर्न काठमाडौं महानगरको कल सेन्टर सञ्चालनमा

काठमाडौं महानगरपालिकाले जनगुनासो सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ। महानगरले सोमबारबाट कल सेन्टर सञ्चालनमा ल्याएको हो। सूचना प्रविधि विभाग प्रमुख नमराज ढकालका अनुसार कार्यपालिका बैठकको  निर्णयअनुसार १६६००१०५५११ टोलफ्री नम्बरसहितको कल...

प्रयोगविहीन किसान कल सेन्टर

किसानलाई कृषिसम्बन्धि जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगविहीन भएको छ। सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो।...