कैलाली – स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अनशन सुरु गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उहाँले २० औँ अनशन सुरु गर्नुभएको हो ।
कैलालीको धनगढी पुगेर चिकित्सा शिक्षा अभियन्ता केसीले धनगढीको एलएनचोकमा रहेकाे कृष्ण मन्दिरको धर्मशालामा ६ बुँदे मागसहित अनशन सुरु गर्नुभयो । सत्याग्रह सुरु गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै उहाँले पटक–पटक भएका सम्झौता कार्यान्वयन हुन नसकेका कारण २० औँ पटक अनशन बस्नुपरेको बताउनुभयो ।
सत्याग्रहको क्रम...