प्रभु लाइफको बिहीवारदेखि औपचारिक कारोबार, परम्परागत बीमा बजारभन्दा माथि उठ्ने उद्घघोष

२८ मंसिर, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीवारदेखि कारोबार सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म …

सम्बन्धित सामग्री

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन्।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। नियमनकारी निकाय नेपाल बीमा...

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृतिअनुसार उनी सीईओमा नियुक्त भएका हुन् । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही असार २९ गतेदेखि हुने निर्णय भइसकेको छ । दुवै कम्पनी बीचमा २०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र […]

प्रभु महालक्ष्मी लाइफको सिइओमा रमेशकुमार भट्टराई

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही...

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लीडरसीप’ कार्यक्रम

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लीडरसीप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिवार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेशअन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीको सहभागिता थियो । कार्यक्रममा नायब महाप्रबन्धक सोन आले मगरले लीडरसीप सेसनले कम्पनीमा आबद्ध बीमा मध्यस्थकर्ता र कर्मचारीको कार्यक्षमता वृद्धिका साथै व्यावसायिक सफलतामा सहयोग पुगेको बताए । कार्यक्रममा कम्पनीका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे लगायतको उपस्थिति थियो । प्रशिक्षक मीनबहादुर घलेले लीडरसीपसम्बन्धी व्यावहारिक ज्ञान दिएका थिए । कार्यक्रममा अभिकर्ताको व्यावसायिक जीवनका आयाम र सफलताका सूत्रका विषयमा छलफल गरिएको थियो ।

जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

काठमाडौं । भक्तपुरका चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनमा प्रभु लाइफ इन्स्योरेन्सको बीमालेख उपहार दिएका छन् । उनीहरूले कम्पनीको भक्तपुर शाखाबाट १५ लाखको ‘जीवन किरण’ बीमालेख उपहार दिएका हुन् । उक्त बीमालेखमा बीमाशुल्क छूट, अशक्तता, मासिक आय र प्राणघातक रोगविरुद्ध रक्षावरण सुविधासमेत समावेश गरिएको छ । कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर बबिब दुवालले बीमालेख हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताइन् ।

प्रभु लाइफको विशेष साधारणसभा

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको विशेष साधारण सभा असार २३ गते बस्दै छ । कम्पनीको विशेष साधारण सभा काठमाडौंमा दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ । बीमा कम्पनीहरुमा पूँजी वृद्धि भइरहँदा प्रभु लाइफले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारितकै लागि […]

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ । बीमा समितिले अनुमति दिए लगत्तै कम्पनीको संचालक समितिले बुधबारबाटै लागू हुने गरी प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट प्रसाईंले सपथ ग्रहण गरेपछि उाँले बुधबारबाटै पदभार ग्रहण समेत गर्नुभएको छ । प्रसाईको अग्रतामा संस्थाले नयाँ […]

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौं, ११ जेठ । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । आजै बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीले बैशाख २२ गते प्रसाईलाई सिइओमा नियुक्तिको प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो । बीमा समितिले प्रसाईलाई सिइओमा नियुक्तका लागि अनुमति दिए सँगै […]

प्रभु लाइफको जीवन बीमा कोष ५३ प्रतिशत बढ्यो

वैशाख २९, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा कोष रकम ५३ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरको चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैसासिक वित्तीय विवरण अनुसार जीवन बीमा कोष रकम वृद्धि भएको हो । कम्पनीले चालू आवको चैत मसान्तसम्म जीवन बीमा कोषमा २ अर्ब ७१ करोड जम्मा गरेको हो । गत वर्ष यो कोषमा १ अर्ब ७६ करोड रुपैयाँ थियो ।   कम्पनीले गत वर्षको चैत मसान्तसम्म १ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले चालू आवमा कुल बीमाशुल्क आर्जन ३४ प्रतिशत वृद्धि गरी १ अर्ब ५१ करोड रुपैयाँ कायम गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले यो अवधिमा जगेडा कोषको रकम पनि २४ प्रतिशत वृद्धि गरेको छ । गत वर्ष जगेडामा ३६ करोड ६० लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४५ करोड ५४ लाख रुपैयाँ कायम भएको छ ।  गत वर्षको तुलनामा कम्पनीको नाफा २६ प्रतिशत घटेको छ । गत वर्ष १३ करोड ७८ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवमा १० करोड १३ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको आम्दानी घटेसँगै नाफामा कमी आएको हो । यो अवधिमा कम्पनीको आम्दानी २४ प्रतिशतले घटेको छ । कम्पनीले चैत मसान्तसम्म १३ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  कम्पनीको चुक्तापूँजी २ अर्ब रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा कायम भएको छ । त्यस्तै मूल्य आम्दानी अनुपात उक्त अवधिमा ८२ दशमलव ३० गुणा छ ।

प्रभु लाइफको सञ्चालक समितिको अध्यक्षमा सुभाष अमात्य

प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । बुधबार बसेको संचालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा चयन गरेको हो ।  नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि अध्यक्ष रहेका डा.आत्मराम घिमिरेले बुधबार देखिनै लागू हुने गरी व्यक्तिगत कारणले राजीनामा दिएका थिए ।  २०७४ मंसिर २८ गतेबाट सञ्चालनमा आएको कम्पनीले देशभरका १०० वटा शाखा÷उपशाखा क