काठमाण्डाै – गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएकाे बरु परिवर्तनको जस दिइएको स्पष्ट पार्नुभएको छ ।
आज साेमवार फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताउनुभएको छ । उहाँले समानताका लागि लडेकाहरू बीचको असमानाको दुरी देखाउन खोजेको बताउनुभएको छ । एक आम नागरिकले सरकारसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्न कोसिस गरेको भन्दै उहाँले यो...