काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभाको ११ औँ अधिवेसन असार ५ गते हुने भएको छ । आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अधिवेसनको मिति तोकेको हो । बैठकमा प्रमुख शाहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश गर्नुभएको थियो । […]