कास्की – गण्डकी प्रदेश सभाको बैठक आउँदो सोमबार बस्ने भएको छ । बिहीवार (आज) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते सोमवार बिहान ११ बजेका लागि बैठक बोलाउने निर्णय गरेको गण्डकी प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जङ्ग केसीले जानकारी दिनुभयो ।
बैठकमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनेछ । प्रदेश सभामा वैशाख २ गते दर्ता भएको अविश्वास प्रस्तावमा वैशाख १५ गते मतदान हुने कार्यसूची थियो । संसद् चलिरहेको बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोज...