स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन कायम राख्ने सहमति

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो । बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए ।जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आप

सम्बन्धित सामग्री

कालिकोटमा माओवादी ढुक्क, एमाले मौकाको खोजीमा

कर्णाली प्रदेशको कालिकोट जिल्लामा नेकपा माओवादी केन्द्रको बलियो जनाधार छ । दोस्रो संविधानसभा निर्वाचन होस् वा ०७४ को स्थानीय, संघ र प्रदेशको चुनाव, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन नै किन नहोस्, यहाँ माओवादी केन्द्र नै प्रमुख राजनीतिक शक्ति केन्द्रको रुपमा स्थापित हुँदै आएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि माओवादीले आफ्नो वर्चश्वलाई कायम राख्ने रणनीति अपनाएको देखिन्छ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको या जिल्लामा प्रतिनिधि

बागमती स्वच्छता कायम गर्ने उम्मेदवारको साझा एजेन्डा

काठमाडौं र ललितपुर महानगरपालिकाका उम्मेदारहरूले बागमती नदीको प्रदूषण हटाएर स्वच्छता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । फोहोरको राम्रो व्यवस्थापन, ढल व्यवस्थापन, जनचेतना अभिवृद्धि, वृक्षरोपण गरी बागमती नदी स्वच्छता कायम गर्ने प्रतिबद्धता जनाएका हुन् ।बागमती सफाइ महाअभियान सञ्चालन भए पनि नतिजा भने प्रभावकारी देखिएको छैन । महाअभियानले नौ वर्ष पूरा गर्नै लाग्दा मुलुकमा स्थानीय तहको निर्वाचन […]

स्थानीय तहको निर्वाचन : खोटाङमा गठबन्धन कायम राख्ने सहमति

खोटाङ – स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो । बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने […]

चन्द्रागिरि ‘स्मार्ट सिटीमा’ रुपान्तरित हुँदै, कसरी बन्दैछ नगर ‘प्रोफाइल’ ?

फागुन १६, काठमाडौं । तपाई चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाई स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन ।  यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ ।   यसका लागि नगरपालिकाले अहिले धमाधम जिपिएस/जिआइएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार पार्ने काम तीव्र बनाएको छ । यो काम सम्पन्न भइसकेपछि नगरवासीले  ‘अनलाइन’  सेवा उपयोग गर्न पाउने जानकारी दिइएको छ ।  नगरप्रमुख घनश्याम गिरीले भने, ‘जिपिएस/जिआइएस प्रणालीमार्फत नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगिसकेको छ । प्रोफाइलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग मिल्नेछ । नगरवासीले घरमा बसेर सबै सेवा पाउने छन् । स्थानीय सरकारले पनि कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने छन् ।’ यसरी बन्दैछ नगर ‘प्रोफाइल’  नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको छ ।  १८ दिन लगाएर वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोनसर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरी लगभग नगरका ३५ हजार घरको ट्रयाकिङ भइसकेको छ ।  ड्रोनबाट लिइएका तस्वीरलाई ‘डिजिटाइज’ गर्ने काम धमाधम भइरहेको छ । ती डिजिटाइज तस्वीरलाई अस्थायी नम्बर दिने काम लगभग सम्पन्न भइसकेको जानकारी दिइएको छ ।  अब हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन हुनेछन् । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना संकलन गर्नेछन् ।  नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भने, ‘नगरका प्रत्येक घरमा गणक तथा प्राविधिक टोली खटिँदै छन् । ट्याबमार्फत सूचना संकलन हुनेछन् । यस्तो सूचना नगरपालिकाको नेटवर्किङसँग जोडिने छ । गणकका कामका अनुगमन ट्रयाकिङबाटै गर्न सकिनेछ ।’ उनका अनुसार ७५ गणकले नगरपालिकाले तयार पारेका व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली भर्नेछन् । एक महीनाभित्र गणकले काम सकाइ सक्नुपर्नेछ ।  व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिने छन् । यसमा विद्यालय, मठ मन्दिर, सार्वजानिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण संकलन गरिने छ । घर तथा बाटोघाटाका लोकेसन पनि व्यक्तिगत विवरणमा उल्लेख हुनेछन् ।  नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तरराष्ट्रिय मेट्रिक प्रणाली’ को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गर्नेछ । सोही घर नम्बरका आधारमा जिपिएस ट्र्याक गरिने योजना नगरपालिकाले बनाएको छ । टोल टोलमा डिजिटल बोर्ड रहने छन् ।  यही ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिने छ । अनलाइनमार्फत सेवा प्रवाह हुनेछ । यसले नगरपालिकाको सेवा प्रवाहमा समेत चुस्त बनाउने अपेक्षा लिइएको छ ।  अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त ? भन्ने जिज्ञासामा सूचना प्रविधि अधिकृत ज्ञवालीले भने, ‘नगरवासीका सबै वितरण डिजिटाइज हुनेछन् । हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ ।  यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन् । यसलाई एसेप्ट गरिन्छ । यसैका आधारमा सेवा प्रवाह हुन्छ । कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत गर्ने तयारीमा छौँ ।’ नगर प्रमुख गिरीले भने, ‘सम्भवतः आगामी स्थानीय तहको निर्वाचन अगाडि नै जिपिएस/जिआएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार हुन्छ । यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थपनमा कोसेढुंगाको काम गर्नैछ । व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ । नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ । नगरवासीले विना झन्झट सेवा सुविधा पाउने छन् । हामी ‘स्मार्टसिटी’ बनाउने काममा लागेका छौँ ।’ नगरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने उहाँको चुनावी घोषणापत्रमा उल्लेख छ । यसबाट नगरपालिका र नगरवासी दुवैलाई फाइदा पुग्ने जानकारी दिइएको छ । नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ ।  विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ । नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा लगायत सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए ।     स्वदेशी सीप र ज्ञान   ‘नगर प्रोफाइल’ बनाउन नगरपालिकालाई स्वदेशी सूचनाविज्ञ संलग्न टिमले सहयोग गरिराखेका छ । सो टिममा डा केशवकुमार आचार्य, भरतप्रसाद वञ्जाडा र सन्तोष कुँवरलगायत ३० प्राविधिक सहभागी हुनुहुन्छ । प्राविधिक कुँवरले भने, ‘यसप्रकारको नगर प्रोफाइल नेपालमा पहिलोपटक बन्दैछ ।  यसमा नगरपालिकाका लागि आवश्यक सबै किसिमका सूचना, जानकारी तथा तथ्यांक संकलन हुनेछ । नगरपालिकालाई भावि योजना बनाउन महत्वपूर्ण सहयोग पुर्‍यााउँछ । नगरपालिकाको सेवा अनलाइनमा रुपान्तरण गर्न सहयोग मिल्नेछ ।’ उनका अनुसार ‘नगर प्रोफाइल’ बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ । गणकले ट्याबमार्फत भर्ने प्रश्नावलीको काम सकिएसँगै प्रारम्भिक जानकारी आउने छ । ‘नगरवासीका व्यक्तिगत विवरण र गोपनीयता सुरक्षित कायम राख्ने छौँ । नगरवासीका आफ्ना जानकारी मात्र हेर्न सक्ने प्रणालीको विकास गर्ने तयारीमा छौँ ।’ सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भने । काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसंख्या एक लाख ३६ हजार ९२८ छ । रासस