अटेर गर्ने निजी विद्यालयलाई डण्डा लगाउने तयारीमा गोकर्णेश्वर

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले पटकपटकको निर्देशन अटेर तीन दर्जनभन्दा बढी संस्थागत (निजी) विद्यायलाई कारबाही गर्ने तयारी गरेको छ । नागरपालिका शिक्षा शाखाले पटकपटक गरी शैक्षिकसत्र २०८० का लागि लागू गरिने पाठ्यपुस्तकको विवरण, शुल्क प्रस्तावको निर्णय एवं छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरुको विवरण बुझाउन निर्देशन अटेर गरेपछि कारबाहीको तयारी गरेको हो । शिक्षा शाखाले असार ११ गते सोमबार …

सम्बन्धित सामग्री

सरकारी निर्देशन अटेर गर्ने सप्तरीका विद्यलय सञ्चालक पक्राउ

राजविराज। सप्तरीमा ११ वटा निजी विद्यालय सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ। कोरोना रोकथामको लागि सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको थियो। यो निर्देशनलाई अवज्ञा गर्ने सञ्चालकलाई नियन्त्रणमा लिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

महानगरका अधिकांश निजी विद्यालय तथ्यांक बुझाउन अटेर

पर्सा : जिल्लाको मात्र नभइ प्रदेश २ कै एक मात्र वीरगन्ज महानगरपालिकाका निजी विद्यालयहरू आफ्नो तथ्यांक सम्बन्धित निकायमा बुझाउन अधिकांश अटेर रहेको खुलेको छ। विद्यार्थी संख्यालगायत विद्यालयको वास्तविक तथ्यांक महानगरपालिकाले माग गरेको डेढ वर्षसम्ममा पनि विवरणले बुझाएका छैनन्। ८८.६९ प्रतिशत निजी विद्यालय...