काठमाडौं : अधिकांश निजी विद्यालय छात्रवृत्ति वितरणबाट पन्छिँदै आएको पुष्टि हुन थालेको छ। पटक पटक ताकेता गर्दा पनि छात्रवृत्ति वितरण गर्न अटेर गरेपछि काठमाडौंका दुईवटा स्थानीय तहले निजी विद्यालयको नामावली नै सार्वजनिक गरेका छन्। नामावली सार्वजनिक भएपछि भने निजी विद्यालयहरूले धमाधम छात्रवृत्ति वितरण गर्न थालेका छन्। काठमाडौं महानगरले संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरूलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा वैशाख १० गते परिपत्र जारी गर्याे।&