चुनावकाे मुखमा प्रधानमन्त्री भारत जानुकाे केही अर्थ छ, आएपछि साेध्छु : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । आज शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उहाँलाई सोध्ने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला– यति समय किन जानुभएन, यतिबेरै किन जानुभयाे भनेर । यही समयमा किन जानुभयाे भनेर ?’अध्...

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण खर्च झण्डै १ करोड

काठमाडौं, १८ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ मा गरेको भारत भ्रमणमा झण्डै एक करोड रुपैयाँ खर्च भएको छ।अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५लाख २७हजार रुपैयाँ खर्च भएको हो। असार २०८०मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ।मन्त्रिपरिषद्को जेठ १५को बैठकले उक्त खर्च स्वीकृत गरेको थियो।

प्रचण्डलाई मोदीले भेट नदिनुको अर्थ

१ साउन, काठमाडौं । तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने भएकाले यो भ्रमण महत्वपूर्ण छ ।’ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् । अन्तिम समयमा आएर भेट नहुने […]

शेर बहादुर देउवाको भारत भ्रमणपछि उठिरहेका प्रश्न

नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले हालै भारतको तीन दिने भ्रमण गरेका थिए । यतिबेला उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरे र थुप्रै सम्झौतामा हस्ताक्षर गरे ।यद्यपि, भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाको बिजेपी प्रमुखसँग शिष्टाचार भेट र सीमा विवादमाथि संयुक्त बयान जारी नगरेकोमा प्रश्न उठिरहेको छ । यस्तै, देउवाले थुप्रै प्रोटोकल तोडेको पनि बताइँदैछ ।यी मुद्दालाई निकै नजिकबाट नियाल्ने केही पूर्व कुटनीतित्रका अनुसार यसको अर्थ सामान्य होइन ।यद्यपि, केहीले भने कुटनीतिमा विशे

प्रधानमन्त्री देउवा भाजपा कार्यालय जानुको अर्थ के?

प्रधानमन्त्री देउवा बिजेपी कार्यालय पुगेको घटनाप्रति कांग्रेसभित्र मात्रै होइन सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि देखिएको छ। गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रमण उचित नभएको टिप्पणी गरेका छन्। काठमाडौँ – तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश फर्किएका छन्। भ्रमणको पहिलो दिनमै प्रधानमन्त्री देउवा भारतीय जनता पार्टीको कार्यालय गएको विषयले […]

'भारत भ्रमण सफल कि असफल परिणामले देखिन्छ'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केका छन्। गत शुक्रबार ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री देउवा आइतबार बेलुकी काठमाडौं फर्के।देउवाको यो भ्रमणका क्रममा चार बुँदे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनुका साथै चारै परियोजनाको संयुक्त रूपमा उद्घाटन भएको छ। भ्रमणमा भएका सम्झौता शीघ्र कार्यान्वयन कसरी गर्न सकिन्छ? यो भ्रमणको कूटनीतिक र राजनीतिक अर्थ र महत्व के छ? संविधान जारीपछि असन्तुलित सम्बन्ध सुध्रिने दिशामा अघि

ओलीले प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे प्रश्न उठाए

काठमाडौं, १८ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए । अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने,‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, […]

देउवा दिल्ली जाँदा आश्चर्यमा ओली : चुनावको मुखमा किन भारततिर?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न गरेका छन्। स्थानीय तहको निर्वाचनअघि भारत जानु आफैमा आश्चर्यजनक रहेको उनको भनाई थियो।  अनेरास्वीयुको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अरु समयमा नगएर चुनावकै बेला भारत जानुको अर्थ आफूले पनि नबुझेको बताए। भने,'प्रधानमन्त्रीजी विदेश जानु भएको छ…

प्रधानमन्त्री देउवाको भ्रमणको वातावरण बनाउन भारत जान लागेका होइनौंः राणा

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले आफ्नो भारत भ्रमण सरकारी नभएर पार्टीगत भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको वातावरण बनाउन भारत जान नलागेको उनले स्पष्ट पारे । भारतीय जनता पार्टीको निमन्त्रणामा सह-महामन्त्री डा. प्रकाशशरण महत, अजय चौरासिया र आफू आज भारत जान लागेको उनले […]