औपचारिक उद्घाटन असोज २८ मा भनिए पनि नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट पोखरा रंगशालामा २३ गते नै सुरु भयो । सुरु भएकै दिनदेखि पानी पर्न थाल्यो । पटकपटक सरेको राष्ट्रिय खेलकुदमा मौसमको अड्चन आइपर्यो । पानीकै कारण क्रिकेटका केही खेल सरे भने केही खेल जसोतसो गरेर म्याटमा खेलाइयो ।
पोखरा । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रममा रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको […]
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक उद्घाटन गरिएको छ। शुक्रबार पोखरा रंगशालामा प्रतियोगिताको एक समारोहबीच उद्घाटन गरिएको हो। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगिताको सातै प्रदेशका खेलाडीले मार्चपास गरेका थिए। उद्घाटन समारोहमा ओलम्पिक टर्च गण्डकी प्रदेशका अग्रज ओलम्पियन टिकाबहादुर बोगटीले प्रज्वलन गरेका थिए। प्रतियोगिताको उद्घाटन सँगै आतिसबाजी गरिएको थियो। अधिकांश खेलका खेलकर्मीहरु रंगशालामा उपस्थित भएका थिए। […]
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशलामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति […]
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन शुक्रबार हुँदैछ। पोखरा रंगशालामा हुने खेल अपरान्ह ४ बजे हुने उद्घाटनमा ७ प्रदेश, तीन विभागीय टोली र एनआरएनएका खेलाडीले मार्चपास गर्नेछन् । प्रतियोगितामा दुई प्रदर्शन खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुँदैछ । ६ हजार १५७ खेलाडीले ३९३ स्वर्ण, ३९३ वटै रजत र ६०० कास्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । […]
काठमाडौं : नवौं राष्ट्रिय खेलकुद आजबाट पोखरामा सुरु हुँदैछ। खेलकुदको आज औपचारिक उद्घाटन हुँदैछ। केही खेलहरु यसअघि नै सुरु भएकोमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेसँग प्रतियोगिता औपचारिक रुपमा सुरु हुनेछ।
राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न विधाका खेलको प्रतिस्पर्धाका लागि रङ रोगन गरेर पोखरा रङ्गशालालाई चिटिक्क बनाइएको छ। रंगशालाको पृष्ठभूमिमा बिहान माछापुच्छ्रे…
नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने राखेपको प्रयत्न छ ।
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत खेल सामग्री तथा पोसाक व्यवस्थापन उपसमितिको सदस्यमा मनोनीत गरिएको पत्र बुधबार खेलकर्मी खगेन्द्र क्षत्रीले पाए । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुभन्दा दुई दिनअघि आएको पत्रको उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई जवाफी पत्र लेखे । उपसमितिको सदस्य चुनेकोमा धन्यवाद व्यक्त गर्दै उनले आफू समितिमा बस्न इच्छुक नरहेको पत्र पठाए ।
काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आगामी २८ असोजमा हुँदैछ। तर केही प्रतियोगिता भने उद्घाटन अघि नै सुरु भइसकेका छन्। यसअघि काठमाडौँमा पुरुष क्रिकेट सम्पन्न भइसकेको छ। पोखरामा पनि केही खेलहरु सुरु भइसकेका छन्। यस्तैमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजित फेन्सिङतर्फ बागमती प्रदेशकी शिक्षा नापितले पहिलो स्वर्ण हात पारेकी छन्। उनले व्यक्तिगत सेबरतर्फको […]