काठमाडौं : नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रिपरिषदबाट पटक पटक निर्णय गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ ।बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले