निर्वाचन आयोगले कानुन बमोजिम निर्वाचन खर्चको विवरण पेस नगर्ने एक लाख २३ हजार ७८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिइ तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ जना तथा तोकिएको समयावधिभन्दा ढिलो गरी विवरण बुझाउने ८ हजार ६५२ जनालाई आयोगले स्पष्टीकरण सोधेको छ ।आयोगका अनुसार उनीहरुलाई तोकिएको समयभित्र के-कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा किन कार