काठमाण्डाै – गएको वैशाखमा सम्पन्न भएको पालिका चुनावको खर्च विवरण नबुझाउने एक लाख २३ हजार जनाभन्दा धेरै उम्मेदवारलाई निर्वाचन आयोगले कारबाहीको प्रक्रिया सुरु गरेको छ । आयोगले आज मङ्गलवार विज्ञप्ति निकालेर पालिका चुनावमा गरेको खर्च नबुझाउने र तोकिएको समयभन्दा ढिलो बुझाउने उम्मेदवारलाई कारबाही गर्ने प्रक्रिया थालेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्याल...