कुमारी क्यापिटलको महाउत्सव योजना

पुँजी बजारबाहिर रहेका नयाँ लगानीकर्तालाई हितग्राही खाताको पहुँच वृद्धि हुने विश्वासका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ।...

सम्बन्धित सामग्री

कुमारी सामूहिक लगानी योजना अन्तर्गतका दुवै म्युचुअल फण्डले लाभांश दिने

२८ साउन, काठमाडौं । कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेका छन् । १५ साउन बिहीबार बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैंठकले दुवै सामूहिक लगानी योजनाको आर्थिक वर्ष २०७९/८० को कमाइबाट इकाइधनीलाई प्रतिफल घोषणा गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत […]

कुमारी क्यापिटलद्धारा सञ्चालित दूई फण्डले घोषणा गरे लाभांश

काठमाडौं । कुमारी क्यापिटलले आफ्ना दुई योजनाका इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।  क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।   कुमारी इक्विटी फण्डले कर सहित १० प्रतिशतका दरले र कुमारी धनवृद्धि योजना  ले कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । साउन २५ गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यी योजनाहरुको कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेड रहेको छ ।

कुमारी सुनौलो लगानी योजनाका इकाईहरूको कारोबार आजबाट खुला

काठमाडौं ।  कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरूको कारोबार आज अर्थात् असार ३१ गतेबाट खुला गरिएको छ । यो योजनाका इकाइहरू लगानीकर्ताहरूले काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरीद–विक्री गर्न सक्नेछन् । आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ ।  क्यापिटलका अनुसार शुक्रवार, शनिवार र अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द रहनेछ । यो एउटा खुलामुखी योजना हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

कुमारी सुनौलो लगानी योजनाको इकाई चैत २३ गतेसम्म विक्रीमा रहने

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि विक्रीमा ल्याएको कुमारी सुनौलो लगानी योजनाको इकाई चैत २३ गतेसम्म विक्रीमा रहने भएको छ ।  योजनाको इकाई छिटो अवधि चैत १३ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएकाले ढिलो अवधि चैत २३ गतेसम्म विक्री मिति तय गरिएको हो । सो मितिभन्दा अगाबै मागभन्दा बढी आवेदन प्राप्त भएमा विक्री बन्द गर्ने जानकारी समेत क्यापिटलले दिएको छ । योजना व्यवस्थापकको रुपमा रहेको क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरिएको हो । यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरीदविक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाइ छ ।  क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो ।  लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।  कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखि प्रकृतिको योजना रहेको छ । यस योजनाको कुल आकार रू. १ अर्बको रहनेछ । प्रारम्भिक आकार रू. ५० करोड रहेको यस योजनाको इकाई  न्यूनतम ५० प्रतिशत अर्थात् २ करोड ५० लाख विक्री हुनुपर्ने व्यवस्था छ । ५० प्रतिशतभन्दा कम इकाईका लागि खरीद आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था छ । खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछैन ।  योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरीदविक्री गर्न सकिनेछ । पहिलो चरणको निष्कासन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महीनाभित्र यो योजनाको इकाई निरन्तर निष्कासन तथा विक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ । योजनाको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस योजनाको इकाई निष्कासनका लागि लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले योजना व्यवस्थापकलाई व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्ने इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ । त्यसैगरी, कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कुमारी सुनौलो लगानी योजनाको इकाई आजदेखि निष्कासन तथा विक्री खुला

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज अर्थात् बिहीवारदेखि कुमारी सुनौलो लगानी योजनाको इकाई निष्कासन तथा विक्री खुला गरेको छ । उक्त योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गरेको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरीदविक्री गरिने छ । साथै योजनाले १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ। सर्वसाधारण लगानीकर्ताले भने बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजना खुलामुखि योजना हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती  पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। म्युचुअल फण्ड निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ। यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आस्वस्थ हुन सकिने संकेत गर्दछ। त्यसैगरी, कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ। विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्। कुमारी क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मासँगको अन्तरवार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् । यो पनि पढ्नुहोस्।

चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजनाको इकाई विक्रीमा आउँदै

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजनाको इकाई निष्कासन गर्ने भएको छ ।  योजना व्यवस्थापकको रुपमा रहेको उक्त क्यापिटलले प्रतिइकाई रू. १० अंकित मूल्यका १० करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये रू. ५० करोड बराबरको ५ करोड इकाई प्रथम पटक सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरिने योजना व्यवस्थापकको भनाइ छ ।  यसपश्चात् बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरीद विक्रीका लागि खुल्ला गरिने क्यापिटलको भनाइ छ ।  क्यापिटलले १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ३ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । यो इकाई विक्री अवधि छिटोमा चैत १३ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २३ गतेसम्म विक्री लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् ।  कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो योजना खुलामुखि प्रकृतिको योजना रहेको छ । यस योजनाको कुल आकार रू. १ अर्बको रहनेछ । प्रारम्भिक आकार रू. ५० करोड रहेको यस योजनाको इकाई  न्यूनतम ५० प्रतिशत अर्थात् २ करोड ५० लाख विक्री हुनुपर्ने व्यवस्था छ । ५० प्रतिशतभन्दा कम इकाईका लागि खरीद आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था छ । खुलामुखी प्रकृतिको योजना रहेकाले यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुने छैन । योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमोजिम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरूमार्फत दैनिक रुपमा इकाई खरिद बिक्री गर्न सकिनेछ । पहिलो चरणको निष्कासन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महिनाभित्र यो योजनाको इकाई निरन्तर निष्कासन तथा विक्रीको लागि खुला गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ । योजनाको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत कुमारी क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।यस योजनाको इकाई निष्कासनका लागि लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले योजना व्यवस्थापकलाई व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्ने इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ । त्यसैगरी, कोष प्रबर्द्धकलाईलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

कुमारी क्यापिटलको महाउत्सव योजना सार्वजनिक

असोज १४, काठमाडौं । कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच वृद्धि गर्ने उदेश्यसहित योजना उक्त योजना सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । डिम्याट खाता सम्बन्धि समस्यामा रहेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ । कम्पनीका अनुसार सरकारको ‘एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत नि:शुल्क हितग्राही खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि अनलाइनमार्फत निवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । उक्त खाता कुमारी बैंकका सबै शाखा र क्यापिटलका कार्यालयबाट खाता खोल्न सकिनेछ । नि:शुल्क लगानी परामर्श, खाता खोल्ने ग्राहकलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक २५ प्रतिशत छूट, आफूसँग भएको भौतिक शेयरलाई तुरुन्तै डिम्याट खातामा ल्याउने व्यवस्था लगायतका सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

काठमाडौं । कुमारी क्यापिटलले उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ ।पुँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राही खाताको पहुँच बृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको क्यापिटलले जनाएको छ । साथै डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ । साथै, क्यापिटलले उत्सबलाई महाउत्सव बनाउनका लागि ग्राहकहरुमा विभिन्न योजनाहरु लागु समेत गरेको छ ।

कुमारी इक्विटी फण्डद्वारा ५ % नगद लाभांश दिने घोषणा

साउन १८, काठमाडौं । कुमारी इक्विटी फण्डले गत आर्थिक वर्ष २०७७/ ०७८ को मुनाफाबाट नगद लाभांश घोषणा दिने घोषणा गरेको छ।  कोष व्यवस्थापक कुमारी क्यापिटलको आइतवार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कुमारी सामुहिक लगानी कोष अन्तर्गत उक्त योजना सञ्चालित रहेको छ ।

कुमारी क्यापिटलको अनलाइन लगानी मेला २०७८

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नव बर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । नयाँ तथा पुरानो लगानीकर्ताहरुलाई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ति ब्यवस्थापन सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निशुल्क सेवा संचालनमा ल्याएको छ ।  अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ । लगानी मेलाबाट सर्वसाधारण तथा संस्थालाई ल