काठमाडौं .(अस) । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले उदयपुरको गाईघाटनमा बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ । पुस ३ देखि ५ गतेसम्म सञ्चालित तालिममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिका सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका थिए ।
तालिममा १० जना प्रशिक्षार्थी सहभागी रहेको कम्पनीले बताएको छ ।