असार १८, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. ४२१ दशमलव ६३ मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।