सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओको जिम्मेवारी सम्हाल्दै चंकी क्षेत्री

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी चंकी क्षेत्रीले सम्हाल्दै छन् । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरू गरेका छन् ।  एकीकृत कारोबार शुरू भएकै दिन फागुन २९ गतेको सञ्चालक समितिको बैठकले श्रेत्रीलाई सीईओमा नियुक्त गर्ने निणर्य गरेको थियो । उक्त निणर्यलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत १३ गते स्वीकृति प्रदान गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ । बीमा क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहेको क्षेत्री साविक सगरमाथा इन्स्योरेन्सका सीईओ थिए । हाल उनी नेपाल बीमक संघको अध्यक्षसमेत रहेका छन् । साविक सगरमाथा इन्स्योरेन्सको सीईओकै आधारमा निर्जीवन बीमा कम्पनीका सीईओहरूको छाता संगठन नेपाल बीमक संघको अध्यक्षमा २०७८ साल पुस २३ गते चंकी निर्वाचित भएका थिए । त्यसअघि उनी नेपाल बीमक संघको महासचिव थिए । उनीसँग बीमा क्षेत्रमा दुई दशकभन्दा बढी समयको अनुभव छ । आगामी चार वर्ष चंकीले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवस्थापनको नेतृत्व गर्नेछन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १०० बराबर ८० शेयर स्वाप रेशियो कायम गर्दै मर्जरमा गएका हुन् । दुवै कम्पनीको बोनस शेयरपछिको स्वाप रेसियोअनुसार मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६२ करोडभन्दा बढी कायम भएको छ । यो कम्पनीलाई रू. ५ अर्ब चुक्तापूँजी पुर्‍याउनुपर्ने अवस्था छ । नेपाल बीमा प्राधिकरणले पूँजी वृद्धिका लागि यही चैत मसान्तसम्मको समयसीमा तोकेको छ ।

सम्बन्धित सामग्री

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीको पेशागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको लुम्बिनी प्रदेशस्थित बुटवलमा शुक्रवार र शनिवार आयोजना गरिएको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीको उपस्थिति थियो । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशिकाको कार्यान्वयन गर्दै कर्मचारीको क्षमता अभिवृद्धि गर्ने काम नियमित रूपमा गर्दै आएको बताएको छ । प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराइटिङ, दाबी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका विषयमा अन्तरक्रियात्मक प्रस्तुतीकरण दिइएको थियो । प्रशिक्षण कम्पनीका सहायक महाप्रबन्धकद्वय कविराज पौडेल तथा सुभाष दीक्षितले दिएका थिए ।

साढे ३ प्रतिशत घट्यो निर्जीवन बीमाशुल्क

काठमाडौं। अर्थतन्त्रमा कायम मन्दीको असर निर्जीवन बीमा व्यवसायमा देखिएको छ । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क संकलन साढे ३ प्रतिशतभन्दा धेरैले घटेको हो ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालू आव २०८०/८१ को पहिलो त्रैमासमा १४ निर्जीवन र दुई लघु निर्जीवन बीमा कम्पनीले गरी १० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । आव २०७९/८० को पहिलो त्रैमासमा बीमा कम्पनीहरूले १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  चालू आवको पहिलो त्रैमासको बीमाशुल्क अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा ३ दशमलव ५७ प्रतिशतले कम हो ।  चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । आर्थिक मन्दीको असर बीमा व्यवसायमा समेत पर्दा बीमाशुल्क घटेको यस क्षेत्रका जानकार बताउँछन् । प्राधिकरणका अनुसार चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यसले उक्त अवधिमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । यसले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सको बीमाशुल्क संकलन १ अर्ब ४ करोड १२ लाख रुपैयाँ छ ।  सञ्चालनमा रहेका दुईओटा लघु निर्जीवन बीमा कम्पनीले भने आव २०८०/८१ को पहिलो त्रैमासमा ९१ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ३० लाख ४६ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६१ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहयोग

काठमाडौं– सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरा महानगरपालिका १ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माणका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकम सहयोग गरेको जनाएको छ ।व्यावसायिक सामाजिक उत्तरदायित्वमा सचेत कम्पनीले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुराउँदै आएको छ ।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।...

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।...

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार सुरु

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जरपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोवार शुरु भएको छ । कम्पनीले सञ्चालक समितिको गठन समेत टुङ्गो लगाएको छ । मंगलबार बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको बताएको छ । बैठकले सगरमाथा इन्स्योरेन्सका […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कारोबार सुरु

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी गाभिएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरू भएको छ । २९ फागुनदेखि एकीकृत कारोबार सुरू भएको कम्पनीले जनाएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले …