नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी र ज्वरो आएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले नेता तथा झापा ५ क का उम्मेदवार समेत रहेका हिक्मत कार्कीले बताए । ‘रुघाखोकीको ज्वरो आएर आजको भेटघाट र अन्य कार्यक्रममा सहभागी हुनुभएन । आज दमकस्थित निवासमै आराम गरेर भोली बिहानबाट निर्धारित कार्यक्रममा सहभागी हुनुहुन्छ’, कार्कीले रातोपाटीसँग भने । ओली बिहीबारसम्म झापामा बस्नेगरी मंगलबार त्यसतर्फ गएका हुन् ।