शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो ।
नेकपा एमालेको केपी ओली समूहले आज पार्टी कार्यालय थापाथलीमा खीर खाने कार्यक्रम राखेको छ । साउन १५ गतेको अवसर पारेर राखिएको खीर खाने कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भने निम्ता गरिएको छैन । एमालेको कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीका सबै नेताहरुलाई खीर खान निम्तो गरेको बताएपनि नेपाल पक्षले भने अहिलेसम्म निम्तो नआएको जनाएको छ । एमालेको नेपाल पक्ष नेता रघुजी पन्तले अहिलेसम्म यसबारे कुनै जानकारी नभएको र निम्तो पनि नआएको बताए । उनले आफू घरमा आराम गरेर ब