सोलुखुम्बु : सोलुखुम्बुमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई पराजित गर्दै एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन्।वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतले पछाडि पार्दे एमालेका राईका प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।निर्वाचित राईले १९ हजार ३२४ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार केसीले १६ हजार ५४५ मत ल्याएका थिए।सातौँ पटक निर्वाचनमा होमिएका केसी २०७४ सालमा माओवादीका उम्मेदवार हेमकुमार राईसँग पराजित भएका थिए