काठमाण्डौं – इलामको माई नगरपालिकाको मेयरमा सत्ता गठबन्धनलाई हराउँदै एमालेका खम्बसिं लिम्बु विजयी हुनु भएको छ ।
लिम्बु ८ हजार १ सय ३२ मतसहित विजयी हुनु भएको हो । विजयी लिम्बुको निकटतम प्रतिस्पर्धी माओवादीका धनकुमार लिम्बुले भने ६ हजार ५ सय १५ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपमेयरमा पनि एमालेकै हिमा भण्डारीले सात हजार आठ सय ७५ मत प्राप्त गरेर विजयी हुनु भएको छ । निर्वाचन आयोगको प्रकाशित नतिजा अनुसार नेपाली कांग्रेसका हेमबहादुर लिम्बुले भने ६ हजार ३ सय ३६ मत प्राप्त गर्नु भएको छ ।