यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन मतदानका दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरे पनि अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने भएको छ । निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका …