लागूऔषध कारोबारको मुद्दामा १९ वर्ष जेल बसेर निस्केका नुवाकोटको विदुर नगरपालिका– १३ का सेसे उर्फ उर्पा तमाङसहित ७ जनालाई लागूऔषध नियन्त्रण ब्यूराले पक्राउ गरेको छ ।
२०५४ साल कात्तिक ३ गते ८५० ग्राम लागूऔषध हेरोइनसहित पक्राउ परेर १५ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका सेसे पैसा तिर्न नसकेपछि १९ वर्ष कैद भुक्तान गरेर २०७३ सालमा निस्किएका थिए ।
उनी जेलबाट त निस्किए, तर लागूऔषध तस्करी गर्ने अपराध भने छाडेनन् ।
प्रहरीका अनुसार उनले २०७३ सालदेखि अहिलेसम्म ८० किलो चरेस विदेश पठाइसकेको अनुसन्...