सुदूरपश्चिमका २४ पत्रकारलाई कोरोना

बैतडी : नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने पत्रकार पनि संक्रमणको चपेटामा परेका छन्।  हालसम्म  बैतडीसहित सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ।नेपाल पत्रकार महासंघ,सुदूरपश्चिम  प्रदेश समितिका अध्यक्ष योगेश रावलका अनुसार सबैभन्दा बढी  कैलालीका ११ जना पत्रकारलाई कोरोना पुष्टि भइसकेको छ।यस्तै, कञ्चनपुर र डडेल्धुरामा ३-३, बैतडी, डोटी र बाजुराका २-२ र बझाङका १ पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश

सम्बन्धित सामग्री

सञ्चार प्रतिष्ठानद्वारा १२ जना कोरोना संक्रमित पत्रकारलाई सहयोग

मोरङ – प्रदेश १ स्थित प्रादेशिक सञ्चार प्रतिष्ठानले १२ जना कोभिड १९ संक्रमित पत्रकारलाई सहयोग उपलब्ध गराएको छ। विराटनगरस्थित प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माका अनुसार शुक्रबार मोरङका कुमार खड्का, भक्तशेर लिम्बू र जगन्नाथ भट्टराईलाई सहयोग रकम उपलब्ध गराएको हो। कार्यकारी निर्देशक शर्माले संक्रमणबाट निको भएका तीनै जनालाई समान २५ हजार रुपैयाँ प्रदान गरेको बताए। कोरोना […]

प्रेस चौतारीले चितवनमा दुई पत्रकारलाई पुरस्कार दिने

५ भदौ, चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । प्रेस चौतारी चितवनको शनिबार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढी, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । सो पुरस्कारका लागि पत्रकार छनोट गर्न […]

पत्रकारलाई कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ६ असार । पत्रकारलाई कोरोना भाइरस विरुद्धको खोप व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीस कुमार चुडालको एक इजलासले आज जनसम्पर्कमा हुनुपर्ने पत्रकारहरुलाई प्राथमिकताका साथ पहिलो खोप लगाएका दोस्रो र पहिलो खोप नलगाएकालाई कोरोना खोप लगाउने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो । पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउन माग गर्दै नेपाल […]

श्रमजीवी पत्रकारलाई ननिकाल्न काउन्सिलको आग्रह

काठमाडौं : प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारलाई कोरोना महामारीको बेला सञ्चारमाध्यमबाट ननिकाल्न आग्रह गरेको छ। शुक्रबार काउन्सिलले प्रेस विज्ञप्ति जारी गरि सञ्चारमाध्यमलाई यस्तो आग्रह गरेको हो।केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारहरुलाई निकालेको र पारिश्रमिक नदिएको भनी काउन्सिलमा उजुरी परेपछि काउन्सिलले यस्ताे आग्रह गरेकाे हाे। ‘महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका संचालक र लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन २०५१ अनुसार पत्रकारलाई तलब नदिएको&nbs

‘अघिल्लो चरणमा छुटेका पत्रकारलाई खोपको व्यवस्था गरियाेस्’

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले अघिल्लो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न अनुरोध गरेको छ । महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर कोरोना भाइरसको खोप लगाउनका छुटेका प्रतिष्ठान प्रदेशका ६ सय पत्रकारलाई खोपको व्यवस्थाका लागि ध्यानाकर्षण गराउनुभएको हो । यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सह...

कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श दिइने

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा नवराज केसी र जनरल फिजिसियन डा प्रदीप न्यौपानेले कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिने भएका छन्। आज नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र चिकित्सकद्वय बीच कर्णालीका १० वटै जिल्लाका कोरोना सङ्क्रमित पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी सम्झौता भएको हो । कोरोना […]

पत्रकारलाई कामबाट ननिकाल्न महासङ्घको चेतावनी

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरूले श्रमजीवी पत्रकारलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासङ्घले कुनै पनि बहानामा पत्रकारकाे रोजगारी नखोस्न चेतावनी दिएको हो ।  न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को पहिलो लहरमा जस्तै ...

पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

काठमाडौं : नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ। कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी दिएको हो।महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि वहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे। उनले कोभिड १९ को पहिलो लहरमा जस्तौ दोस्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु

देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण, ५ जना आइसीयूमा

काठमाडौं : देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्।प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्।संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ।

साढे पाँचसय पत्रकारलाई कोरोना, सचेत भएर काम गर्न महासंघको अपिल

काठमाडौं : देशभर साढे पाँचसय पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ। नेपाल पत्रकार महासंघका अनुसार देशभरका पाँच सय ५० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।महासंघका अनुसार संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने दुई जना पत्रकारको आइसियूमा उपचार भइरहेको छ। हाल सम्म कोरोनाबाट सातजना पत्रकारको ज्यान गएको महासंघले जनाएको छ। अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको महासंघले जनाएको छ।यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलम