काठमाडौं : देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्।प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्।संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ।