काठमाडौं : प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारलाई कोरोना महामारीको बेला सञ्चारमाध्यमबाट ननिकाल्न आग्रह गरेको छ। शुक्रबार काउन्सिलले प्रेस विज्ञप्ति जारी गरि सञ्चारमाध्यमलाई यस्तो आग्रह गरेको हो।केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारहरुलाई निकालेको र पारिश्रमिक नदिएको भनी काउन्सिलमा उजुरी परेपछि काउन्सिलले यस्ताे आग्रह गरेकाे हाे। ‘महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका संचालक र लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन २०५१ अनुसार पत्रकारलाई तलब नदिएको&nbs