‘प्राइभेट प्राटिक्स’ नगराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकलाई निजी अभ्यास (प्राइभेट प्राटिक्स) नगराउन निर्देशन दिएको छ  ।  सरकारी छात्रवृत्तिमा डीएम÷ एमसीएच÷एमडी÷एमएस÷एमडीएस पढेका विशेषज्ञ चिकित्सकलाई प्राइभेट प्राटिक्स नगर्न निर्देशन दिइएको हो । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले आज सबै प्रतिष्ठान, सङ्घीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई पत्राचार गर्दै सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनौट त...

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव शर्माको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो।

को बन्ला स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ ?

१४ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार बढुवा समतिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि डा. टंकप्रसाद बराकोटी र डा.संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो । मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिले पहिलो […]

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. संगिता मिश्रा

२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगिता मिश्राले पाएकी छन् । समन्वय शाखाको प्रमुख रहेकी डा. मिश्राले बिहीबारदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएकी हुन् । ‘बिहीबारखि मन्त्रालयको प्रवक्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको छु,’ डा. मिश्राले भनिन्, ‘सरकारले दिएको जिम्मेवारीलाई राम्रोसँग बहन गर्ने छु ।’ डा. मिश्राले कोभिड–१९ को नयाँ […]

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी झाँक्रीबाट खतिवडामा सर्‍याे

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले मन्त्रालयको जिम्मेवारीबारे बिहीबार गरेको निर्णय हेरफेर गरेको छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिने भनिएकोमा अब उक्त मन्त्रालय विरोध खतिवडालाई दिने निर्णय समाजवादीले गरेको छ। झाँक्रीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकासमध्ये एक पाउने भएकी छिन्। किसान श्रेष्ठलाई दिइने भनेको श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी भने फेरिएको छैन। […]

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा खड्का नियुक्त

काठमाडौँ । बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा बद्रीबहादुर खड्का नियुक्त भएका छन्। सामाजिक विकास मन्त्रालय विभाजन गरेर स्वास्थ्य मन्त्रालय गठन गरिएको थियो। सो मन्त्रालयको सचिवमा खड्का नियुक्त भएका हुन्। उनी स्वास्थ्य समूह तर्फका ११ औं तहका कर्मचारी हुन्। यसअघि खड्का स्वास्थ्य कार्यालय काठामाडौँका प्रमुख जनस्वास्थ्य प्रशासकका रुपमा कार्यरत थिए।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा विवेकलाल कर्ण नियुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा विवेकलाल कर्ण नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयको पार्किङबाट स्कुटर चोरी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पार्किङबाटै स्कुटर चोरी भएको छ । आइतबार सञ्चारकर्मी रोशन दानीको स्कुटर मन्त्रालयको पार्किङबाट चोरी भएको बताइएको छ । मन्त्रालयबाटै बा.९१ प ९३७७ नम्बरको रातोकालो रंगको डिओ स्कुटर चोरी भएको पत्रकार दानीले रातोपाटीलाई बताए ।मध्यान्ह ४ बजेर २० मिनेटमा मन्त्रालयको गेटबाट बाहिर स्कुटर निकालिएको सीसीटीभी फुटेजमा देखिएको छ । स्कुटरको डिकीभित्र डिएसएलआर क्यामेरा रहेको दानीले दाबी गरेका छन् । दानीले घटनाबारे प्रहरीलाई जानकारी गराएका छन् । दुई दिनअगाडि स्वास्थ्य मन्त्

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.कृष्ण पौडेल नियुक्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक रहेका डा.पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघिका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारीमा नियुक्त भएपछि प्रवक्ताको पद खाली थियो।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा मात्र अस्पताललाई अक्सिजन दिन परिपत्र

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पातलहरुमा अक्सिजन उपलब्ध गराउन आफ्नो सिफारिस अनिवार्य गरेको छ । मन्त्रालयले अक्सिजन उद्योगीहरुलाई परिपत्र गर्दै कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई मन्त्रालयको सिफारिस बिना अक्सिजन नदिन भनेको हो । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी)ले १० वटा अक्सिजन उद्योगलाई पठाएको पत्रमा धेरै कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको सन्दर्भमा बिक्री वितरणलाई व्यवस्थित गर्न यो निर्णय गरिएको उल्लेख छ । सरकारको पत्रसँगै उद्योगीहरुले अक्सिजन लिन ...

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति निजी अस्पतालको आक्रोश

स्वास्थ्य मन्त्रालयको एउटा निर्णयप्रति निजी अस्पताल सञ्चालकहरुले आपत्ति जनाएका छन् । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई निर्देशन दिएको थियो । मन्त्रालयको यो निर्णयप्रति आपत्ति जनाउँदै एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन)का महासचिव हेमराज दाहालले कसैको सहयोग, कुनै पनि निकायको अनुदानबिना आफ्नै बलबुताले कोभिड संक्रमितको उपचारको व्यवस्थापन गरिरहेका अस्पता...