स्वास्थ्य मन्त्रालयको आग्रह : मास्क नलगाउनेहरूको अन्तर्वार्ता वा समाचार नबनाइदिनु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाचार पढ्दा, अन्तर्वाता लिँदा वा कुनै पनि कार्यक्रमहरूका समाचार बनाउँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।  मन्त्रालयले आइतवार एक विज्ञप्ति जारी गर्दै मास्कको प्रयोग नगर्ने व्यक्तिहरूको समाचार तथा सूचनाहरूलाई निरुत्साहित तथा प्रकाशन प्रशारण नगर्न समेत आग्रह गरेको छ ।  बढी संवेदनशील हुँदै खबरदारी गर्ने पर्ने अवस्था आएको बताउँदै मन्त्रालयले कोरोना रोकथाममा भूमिका खेल्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको हो ।  मन्त्रालयले भनेको छ,‘समग्र आमसञ्चारमा...

सम्बन्धित सामग्री

‘ओमिक्रोन’का कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको चेतावनी

काठमाण्डाै - युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ । ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको हो । यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । ‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले भौतिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ । महामारी अगाडि नै देशहरुलाई ...

प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

बागलुङ, १० असार: प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार-सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपङ्क्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामोल वितरण गरिएको हो । शाखा संयोजक थम्मन थापा, सदस्य विमल खड्का र नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका […]

स्वास्थ्य मन्त्रालयले भन्योः मास्क लगाएर समाचार पढ्नु

समाचार पढ्दा, अन्तर्वार्ता लिदा वा कुनै पनि कार्यक्रमको समाचार बनाउदा मास्कको अनिवार्य प्रयोग गर्न डा गौतमको आग्रह छ।

स्वास्थ्य मन्त्रालयले भन्याे : ‘मास्क नलगाउने व्यक्तिका समाचार नदिनुहाेस्’

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । आइतवार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानीका उपाय अपनाउनेतर्फ संवेदनशील हुन आग्रह गरेको हो । मन्त्रालयले कोभिड–१९ महामारीसँग जुध्नका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह गरी सङ्क्रमण रोकथामका भूमिका निर्वाह गरेको भन्दै धन्यवाद पनि दिएको छ । साथै अबका दिनमा सञ्चारमाध्यम झन् बढी संवेदनशील हुँदै खबर...

मास्कको प्रयोग नगर्नेकाे समाचार प्रकाशन नगर्न सरकारको आग्रह

काठमाडौं : सरकारले मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार प्रकाशन/ प्रसारण नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमण बढ्दै गएको हुँदा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ प्रयोग गर्न समाचार पढ्ने व्यक्तिले पनि मास्क लगाउन र मास्क नलाइ लिएको अन्तर्वाता तथा अन्य सुचना प्रकाशन नगर्न आग्रह गरेको हो।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘संचारमाध्यममा समाचर पढ्दा अन्तर्वाता लिँदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँ

काेभिडका कारण परम्परागत मिडियाकाे भविष्य माथि प्रश्न

नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षण सार्वजनिक गरेको छ । कोरोना महामारी र त्यसका कारण भएको लक डाउनले समग्र नेपाली पत्रकारिता तथा सञ्चार क्षेत्रमा नकारात्मक असर देखिएपछि यस्तो सर्वेक्षण सार्वजनिक गरेको हो । सर्वेक्षणका अनुसार महामारी तथा लक डाउनका कारण मिडिया क्षेत्रको आम्दानी घटेको र त्यसको प्रत्यक्ष असर श्रमजीवी पत्रकारहरुमा परेको देखिएको छ । साथै, कतिपय सञ्चार गृहले भने महामारीलाई बहाना बनाई सञ्चारमाध्यम बन्द गर्ने वा पत्रकारहरुलाई रोजगारीबाट निकाल्ने गरेको पनि पाइएको छ । ७० प्रतिशतभन्दा बढी पत्रकारले कोरोना महामारी तथा लक डाउनका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेका छन् । अधिकांश पत्रकारहरुले यस अवधिमा समाचार संकलन र सम्प्रेषण गर्दा उपलब्ध स्वास्थ्य सुरक्षाका विधि अपनाएको भए पनि करिब दुई तिहाई पत्रकारले आफ्नो काम गर्दा असुरक्षित महसुस गरेका छन् । मास्क र स्यानिटाइजर जस्ता सामग्री उपलब्ध भए पनि अस्पताल तथा संक्रमित व्यक्तिहरु भएका स्थानमा रिपोर्टिङ गर्न जाँदा पिपिइको अभावका कारण आफूहरुले असुरक्षित महसुस गरेको पाइएको छ ।

भक्तपुरका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

भक्तपुर :  सूर्यविनायक नगरपालिका–५, कटुञ्जेस्थित सूर्यनगर टोल विकास समाजले भक्तपुरका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ। समाचार संकलनका क्रममा विभिन्न स्थानमा पुग्नुपर्ने र त्यसले सञ्चारकर्मीलाई जोखिम बढाउने भन्दै समाजले सञ्चारकर्मीका लागि स्यानिटाइजर, मास्क, ग्लोब्सलगायत स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरे...

कोरोना भाइरस हातमा २० मिनेट बाँच्छ, बच्न के गर्नुपर्छ?

काठमाडौं : कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो। साथै कुहिना वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको समाचार गोरखापत्र दैनिकमा छ। भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ। यसले अरुलाई रोग सर्नबाट बचाउँछ। विश्व स्वास्थ्य संगठन तथा चिकित्सकका अ...

श्रम गन्तव्य जोखिममा

कोरोना कहर काठमाडौं/इन्छन -दक्षिण कोरिया, कतार, यूएई, बहराईन, साउदी अरब लगायतका दूतावासले कोरोना भाइरस संक्रमण बढ्दो रुपमा रहेको जनाउँदै नेपालीहरुलाई सचेत रहन आवहन गरेका छन् । संक्रमण देखिएका अधिकांश श्रम गन्तव्यमा नेपालीको संख्या धेरै भएका कारण जोखिम भने कायम नै छ । श्रम गन्तव्यमा रहेका कुनै पनि नेपालीमा संक्रमण देखिएको आधिकारिक जानकारी नआए पनि फर्कने नेपाली र भिडभाडमा काम गर्ने नेपालीहरु भने उच्च जोखिममा रहेको देखिन्छ । कोरोना भाइरसका सम्बन्धमा साउदी अरब दूतावासले सूचना जारी गर्दै साउदी अरबको स्वास्थ्य मन्त्रालयले हालसम्म कसैमा कोरोना भाइरसको संक्रमण भएको छैन भनी जानकारी गराएको छ । खाडीका अन्य देशमा संक्रमण देखिएकाले साउदी जाने इस्लाम धर्मावलम्वीहरुका सबै प्रकारका भ्रमण अस्थायी रूपमा बन्द गरिएको छ । यस सम्बन्धी भिसा प्रकृया नै बन्द गरिएको छ । साउदी भ्रमणमा समा निर्धारण जनवादी गणतन्त्र चीन (ताइवान, हङकङ र मकाउ समेत) र इरानको भ्रमण गरेका कुनै पनि नागरिकले भ्रमण समाप्तिको १४ दिन पूरा भएपछि मात्र साउदी अरबको भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । “यो शर्त पूरा नगरेका नेपाली नागरिकहरु ती स्थानबाट साउदी अरब नआउनुहुन अनुरोध छ,” दूतावासद्धारा जारी सूचनामा भनिएको छ “ट्रान्जिटमा रहनेहरुका लागि पनि यो व्यवस्था लागू हुने छ ।” केही देशहरुबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी अरब जान अस्थायी रुपमा बन्द गरिएको छ । नेपालबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी आउनलाई भने हाललाई बन्द गरिएको छैन । यस प्रावधानले परिवारका सदस्यलाई साउदी अरब ल्याउने तयारीमा रहेका नेपालीले परिवारका सदस्य ल्याउन सक्ने जनाइएको छ । साउदी सरकारले साउदी सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोललाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । साउदीमा रहेका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वासमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिन सक्ने दूतावासले जनाएको छ । आफूले काम गर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्न भनिएको छ । साउदी सरकारले देशका विभिन्न २५ वटा अस्पताललाई यो रोगको उपचारका लागि तयारी अवस्थामा राखेको र २ हजार २०० बेडहरुलाई क्वारेन्टाइन बेडका रुपमा व्यवस्था गरेको जनाइएको छ । साउदी अरबका केही छिमेकी मुलुकहरु संयुक्त अरब इमिरेट्स (यूएइ), कुवेत, बहराइन तथा कतारमा यो रोगका विरामीहरु फेला परेका छन् । तसर्थ, यी देशहरुको भ्रमण गर्नुपर्ने अवस्थामा पूर्ण सजगता अपनाउनु हुन अनुरोध गरिएको छ । कतारमा रहेका नेपालीलाई सचेत रहन अनुरोध कतारस्थित नेपाली दूतावासले समेत कतारको स्वास्थ्य मन्त्रालयले हेल्थ एडभाईजरी जारी गरेको जनाउँदै हालै इरानबाट उद्धार गरी ल्याएका कतारी नागरिकहरुमध्ये एक जना ३६ वर्षिय कतारी नागरिक (पुरुष) कोरोना भाइरस को बाट संक्रमित भएको पुष्टि भएको जनाइएको छ । संक्रामक नागरिकलाई सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा राखी उच्च निगरानी उपचार भईरहेको जनाएको छ । राजदूतावासले सूचना जारी गरी सतर्कता अपनाउन कतारमा रहेका सबै नेपाली नागरिकहरुमा अनुरोध गरेको छ । दूतावासले अत्यावश्यक अवस्थामा बाहेक विभिन्न अवसरमा आयोजना गर्ने कार्यक्रमहरु (वार्षिकोत्सव, पिकनिक, सांस्कृतिक कार्यक्रम, सम्मान समारोह आदि) हाललाई संचालन नगर्न र नगराउन अनुरोध गरेको छ । यसैगरी जापान, यूएई, बहराईन, कुबेत लगायतका दूतावासले समेत सचेत रहन नेपालीलाई अनुरोध गरेका छन् । उच्च जोखिममा कोरिया तर नेपाली सुरक्षित कोरियास्थित नेपाली कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् । कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् । एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ । राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँ भने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्यमले जनाइरहेका छन् । कोरोनाबाट संक्रमित र मृत्यु हुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचार सस्थाहरुले जनाएका छन् । हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकांश वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सव जन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् । राष्ट्रपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन् । त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् । दक्षिण कोरियामा हालसम्म ५ हजार १ सय ३५ जना संक्रमित र २६ जनाले ज्यान गुमाएका छन् । ३१ जना निको भएर घर फर्र्किएका छन् । चीनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका ६८ देशमा फैलिएको छ । करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ । धेरै संक्रमित हुनेमा पहिलोमा चीन छ । जहाँ ८० हजार २८ जना संक्रमित भएका छन् भने २९ सय १२ जनाले ज्यान गुमाएका छन् । इरानमा ९३८ संक्रमित र ५४ जनाको ज्यान गुमाएका छन् । इटालीमा १६९४ जना संक्रमित र ३४ जनाले ज्यान गुमाएका छन् । भने जापानमा ९६२ जना संक्रमित र १२ जनाले ज्यान गुमाइसकेका छन् । लक्षणहरु ड्ड लगातार ज्वरो आउने । ड्ड खोकी लाग्ने । ड्ड श्वास फेर्न गाह्रो हुने । ड्ड निमोनिया हुने । ड्ड श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने । ड्ड मिर्गौला फेल हुने । ड्ड रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने। कसरी बच्ने ? ड्ड सरसफाइमा ध्यान दिने । ड्ड धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने । ड्ड मास्क लगाएर यात्रा गर्ने । ड्ड खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने। ड्ड बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने। ड्ड स्वास्थको ख्याल गर्ने । ड्ड हात नमिलाउने ड्ड संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने बक्स सचेत रहन एनआरएनएको आह्वान गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठकले कोरोना संक्रमण लगायत विभिन्न विषयमा छलफल गरेको छ । शनिबार सम्पन्न बैठकले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन सबैलाई अपिल समेत गरेको छ । यसैगरी कुवेतमा काम गर्दागर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले मृतक र घाईतेहरुको उचित क्षतिपूर्ति दिलाउनका साथै मृतकको शव यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकारसँग माग गरेको छ । दुर्घटनामा मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । गोपाल संग्रौला÷निकुञ्ज तिवारी