नेपाल धितोपत्रद्वारा ‘आइपिओ’मा बुक बिल्डिङ विधि लागू

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मा बुक बिल्डिङ विधि लागू गरेको छ ।  यो विधिमार्फत

सम्बन्धित सामग्री

के हो आईपीओ निष्कासनको बुक बिल्डिङ विधि ?

काठमाडौं । नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले मङ्सिर ६ गतेबाट संस्थागत लगानीकर्ताहरूको लागि आईपीओ विक्री खुला गरेको हो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन प्रक्रिया शुरु गरे पनि कतिपयलाई यसबारे जानकारी नहुन सक्छ ।  के हो बुक बिल्डिङ विधि ? बुक बिल्डिङ विधि योग्य संस्थागत लगानीकर्ताहरूको मागका आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण पद्धति हो ।  वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी सेबोनले बुक विल्डिङ विधि लागू गरेको हो । अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरूपमा बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन हुनेछ । सो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरूबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।  कम्पनीले संस्थागत लगानीकर्ताका लागि बोलकबोलमार्फत आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । सोहीअनुरूप बुधवारबाट सर्वोत्तम सिमेण्टको आईपीओ संस्थागत लगानीकर्ताहरूका लागि बोलकबोल प्रक्रियाबाट विक्री खुला भएको हो ।  सेबोनबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताहरूले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययनपश्चात सुसूचित तवरले मूल्य पेस गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ ।  आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । उक्त विधिमार्फत कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्णरूपमा विक्री हुँदा कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ ।  कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिकरूपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम तीन कार्यदिनभित्र आर्जित ब्याजसहित फिर्ता वा खाता फुकुवा गर्नुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ । संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दाको कट अफ मूल्यलाई आधार बनाएर सर्वसाधारणमा आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । सबै नेपालीहरूमा कम्पनीहरूको प्राविधिक तथा व्यवस्थापकीय विश्लेषण गर्ने क्षमता नभएको आधारमा धितोपत्र बोर्डले उक्त क्षमता भएका योग्य संस्थागत लगानीकर्ताहरूबाट मूल्य तोक्ने व्यवस्था गरेको हो ।  बुक विल्डिङ विधिमार्फत् निष्कासित शेयरमा संस्थागत लगानीकर्ताको रूपमा सूचीकृत कम्पनी, सामूहिक लगानी कोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना, मान्यताप्राप्त अवकाश कोष, मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड रुपैयाँ भएका धितोपत्र लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीहरू रहन पाउने व्यवस्था छ ।  बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरूलाई निष्कासन गरिएको शेयर धितोपत्र बजारमा सूचीकरण भएको मितिले ६ महीनासम्म विक्री वा हस्तान्तरण गर्न पाइँदैन । सर्वसाधारणतर्फको शेयर भने नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको भोलिपल्टैदेखि कारोबारयोग्य हुनेछ ।  अमेरिकाबाट शुरु भएको यो विधि हाल छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनमा समेत अभ्यासमा आइसकेको छ । धितोपत्र बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार यो विधिबाट आईपीओ निष्कासन गर्न कम्पनी लगातार तीन वर्षदेखि मुनाफामा सञ्चालन हुनुपर्दछ । साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्न साधारण सभाबाट स्वीकृति पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ । रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ ।  यो विधिबाट आईपीओको विक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्ताहरूलाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्ने व्यवस्था छ । सर्वोत्तम सिमेन्टले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट आवेदन दिएको थियो । कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न लागिएको हो । यो शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको छ । तोकिएको मूल्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियाबाट योग्य संस्थागत लगानीकर्तामा यी शेयर विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्रीपछि सर्वसाधारणमा ६० प्रतिशत आईपीओ विक्रीका लागि कम्पनीले पुनः आवेदन दिनेछ । योग्य संस्थागत लगानीकर्ताहरूले मंसिर १० गतेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ भने सह निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छ । योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्णरूपमा विक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गर्नुपर्नेछ ।

बुक बिल्डिङ विधि स्वच्छ रूपमा अगाडि बढाइन्छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रिया स्वच्छ रूपमा हुने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आयोजना गरेको 'पुँजी बजारको वर्तमान अवस्था र आगामी  पाँच वर्षको सम्भावना'सम्बन्धी अन्तरर्क्रिया कार्यक्रममा अध्यक्ष हमालले बुक बिल्डिङ अत्यन्तै आवश्यक रहेको र यसलाई सबैले सहयोग गरेर अगाडि...

विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने

पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जा

बुक बिल्डिङका अवसर र चुनौतीहरू

खुला बजारको मान्यताविपरीत नियन्त्रित र आरक्षित अंकित मूल्यमा सर्वसाधारणमा सेयर जारी गरिरहेको नेपाली धितोपत्र बजारले धितोपत्र (सेयर) को उचित मूल्य पहिल्याउन ‘बुक बिल्डिङ’ विधि कार्यान्वयनकोे प्रयास गरिरहेको छ । विद्यमान अंकित मूल्यमा सेयर निष्कासनले स्थापित र मुनाफासहित सकारात्मक नेटवर्थका कम्पनीको सेयर अप्रत्यक्ष छुटमा लगानीसँगै तत्कालीन केही मूल्यगत लाभको अवसर त होला, तर राम्रा कम्पनी बजारबाट […]

बुक बिल्डिङका लागि मूल्य तोक्न छानिए ४६ कम्पनी, को–को छन् ? [सूचीसहित]

धितोपत्र बोर्डले ४६ वटा संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेको छ ।  बोर्डले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै यी संस्थाहरूले मूल्य निर्धारणमा योगदान पुर्‍याउने अपेक्षा गरेको बताएको छ ।   धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले यसअघि निर्देशिका जारी गरेको थियो । वास्तविक क्षेत्रका केही कम्पनीहरुले बुक बिल्डिङ व...

साधारण सेयर निस्कासनमा बुक बिल्डिङ विधि लागू

नेपाल धितोपत्र बोर्डले साधारण सेयर निस्कासन प्रक्रियामा बुक बिल्डिङ विधि लागू गरेको छ । बोर्डको साउन २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ लागू गरी नयाँ व्यवस्थाअनुसार साधारण सेयर निस्कासन विधि बुधबारदेखि लागू गरेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निस्कासन गर्नसक्ने व्यवस्था गरी प्रक्रियागत व्यवस्थाहरू निर्देशिकामा समावेश गरी लागू गरेको बोर्डले जनाएको छ ।

अब 'बुक बिल्डिङ' मा आईपीओ, संस्थागतभन्दा सर्वसाधारणलाई १० प्रतिशत कम मूल्य

काठमाडौं । नेपाल धितोपब बोर्डले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधि लागु गरेको छ ।

Karobar National Economic Daily

नेपाल धितोपत्र बोर्डले साधारण सेयर निस्कासन प्रक्रियामा बुक बिल्डिङ विधि लागू गरेको छ । बोर्डको साउन २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ लागू गरी नयाँ व्यवस्थाअनुसार साधारण सेयर निस्कासन विधि बुधबारदेखि लागू गरेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निस्कासन गर्नसक्ने व्यवस्था गरी प्रक्रियागत व्यवस्थाहरू निर्देशिकामा समावेश गरी लागू गरेको बोर्डले जनाएको छ ।