Karobar National Economic Daily

नेपाल धितोपत्र बोर्डले साधारण सेयर निस्कासन प्रक्रियामा बुक बिल्डिङ विधि लागू गरेको छ । बोर्डको साउन २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ लागू गरी नयाँ व्यवस्थाअनुसार साधारण सेयर निस्कासन विधि बुधबारदेखि लागू गरेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निस्कासन गर्नसक्ने व्यवस्था गरी प्रक्रियागत व्यवस्थाहरू निर्देशिकामा समावेश गरी लागू गरेको बोर्डले जनाएको छ ।