विमानस्थलका यात्रु आवतजावत गर्न काठमाडौंमा प्रीपेड ट्याक्सी सुविधा

राजधानी काठमाडौंमा जारी निषेधाज्ञाका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्नुपर्ने यात्रुका लागि प्रीपेड ट्याक्सी सुविधा सञ्चालन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय काठमाडौंले बिहीवार एक सूचना जारी गर्दै ‘अन कल बेसिस’मा ट्याक्सी उपलब्ध हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञामा यात्रुको साथमा रहेको हवाई टिकट, पासपोर्ट, भिसाका आधारमा हवाई यात्रा प्रयोजनका लागि विमानस्थल आवतजावत गर्न सकिने जनाइएको छ ।

सम्बन्धित सामग्री

काठमाडौंमा दिउँसो ३ बजेपछि वर्षा रोकिने

काठमाडौं :  उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ। देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ।वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ।आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

मुलुकको संघीय राजधानी काठमाडौंमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन् । मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् ।कोरोना महामारीबाट नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेपनि संघीय राजधानी काठमाडौंमै पर्यटकीय बसका लागि पार्किङस्

फोहोर नउठ्दा काठमाडौंमा झनै दुर्गन्ध

काठमाडौं । फोहोर नउठ्दा लामो समयदेखि काठमाडौंका सडक झनै दुर्गन्धित बनेका छन् । काठमाडौंका सडक, चोक र नदी किनारमा फोहोर थुप्रिँदा काठमाडौं उपत्यकामा झनै दुर्गन्ध फैलिएको हो । विगत चार महीनादेखि फोहोरको नियमित व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा विभिन्न सडकका छेउमा फोहोरको थुप्रो नै लागेको देखिन्छ । फोहोरका कारण मुलुकको संघीय राजधानी झनै दुर्गन्धित बनेको छ । मानिस दैनिक फोहोरको थुप्रो पार गरेर आवतजावत गर्न बाध्य छन् । जम्मा भएको फोहोरमध्ये धेरैजसो काठमाडौं उपत्यकाका बाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी खोलालगायत नदी किनारका सडक एवं सार्वजनिक स्थानमा थुपारिएको छ । यसरी थुपारिएको फोहोर सिधै नदीमा मिसिने गरेको वातावरण क्षेत्रमा अनुसन्धान गरिरहेका गोदावरीका अशोक महर्जन बताउँछन् । पछिल्लो समय राजधानीको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा क्षेत्रमा विभिन्न माग राख्दै स्थानीयले अवरोध गरेका छन् । सडक, चोक, दोबाटो एवं नदी किनारमा फोहोर थुप्रिएको छ । मास्क लगाएका मानिस पनि फोहोरको थुप्रोमा पुगेपछि नाक थुन्दै हिँडेको दृश्य देखिन्छ । सफाइ अभियानले जागरणको काम गरे पनि सार्वजनिक स्थानमा फोहोर गर्नेलाई कानूनी कारबाहीको दायरमा नल्याएसम्म फोहोरको समस्या समाधान हुने देखिँदैन । पछिल्लो समय सफाई अभियानकर्मीले फोहोर फाल्नेलाई कानुनी कारबाही गराउन प्रमाणसहित दबाब दिँदै आएका छन् । बाग्मती सफाइ महाअभियानको ४७३ औं हप्तामा पनि नदी किनारमै फोहोर थुपारिँदा गर्मीसँगै नियमितजसो वर्षाका कारण फोहोरबाट रोग फैलिन सक्ने त्रासमा राजधानीवासी छन् । फोहोर नउठे पनि बाग्मती सफाइ महाअभियानले शनिवार ४७३औं हप्ताको सफाइ कार्यक्रम जारी राखेको थियो । सफाइबाट चार मेट्रिक टन फोहोर उठाइएको थियो । उठाइएको फोहोर लिन काठमाडौँ महानगरपालिकाको गाडी नआएपछि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको गाडीमा राखेर नकुहिने फोहोर कार्यालय नजिकको खाली ठाउँमा राखिएको छ । कुहिने फोहोर भने नदी किनारमै छोड्ने गरिएकाले नदीमै मिसिन थालेको छ । फोहोर व्यवस्थापन नगर्दा सफाइ महाअभियानको अर्थ नहुने अभियानकर्मीहरू बताउँछन् । नदी किनारबाट फोहोर टिपी किनारमै थुपारेर फेरि नदीमै मिसिनेक्रम चार महिनादेखि बढ्न थालेपछि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले गाडीको व्यवस्था गरी कार्यालय परिसरको खाली स्थानमा राखेर व्यवस्थापन गर्न थालेको सञ्चालक सदस्यसमेत रहेका  सफाइ अभियानकर्मी डा माला खरेलको भनाइ छ । रासस

काठमाडौंमा थुप्रियो फोहोर (फोटो/भिडियो)

काठमाडौं । केही दिनयता काठमाडौंका विभिन्न स्थानमा फोहोर थुप्रिएको छ । फोहोरका कारण सहरमा दुर्गन्ध फैलिएको छ । स्थानीय र आवतजावत गर्ने मानिसलाई समस्या भएको छ । नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेका कारण फोहोर नउठाइएको हो । फोहोर विसर्जनस्थलका कारण आफूहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै स्थानीयले अवरोध...

काठमाडौंको फोहोर: उठाउने र रोकिने छैन ठेगान

सरकारले स्थानीयसँगको सहमति कार्यान्वयन नगर्दा काठमाडौंमा हप्तौंसम्म फोहोर उठ्न सकेको छैन । स्थानीयले सरकारले सडक बाटो निर्माण नगरेको भन्दै पटकपटक फोहोरका गाडी रोक्दै आएका छन् । यसअघि फागुन लागेसँगै स्थानीयले बाटो अवरोध गरेर फोहोर बोकेका गाडी रोकपछि दुई साता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।पासाङ ल्हामु राजमार्गमा पर्ने तिनपिप्लेका स्थानीयले सडक पिच गर्नुपर्ने माग राखेकोमा तत्काल निर्माणको काम सुरु भएपछि फोहोरका गाडी आवतजावत गर्न पाएका थिए । पुनः सोही राजमार्गको अर्को खण्डमा सिसडोलकै विष

दशैंको टीकासँगै काठमाडौं उपत्यकामा बढ्यो चहलपहल

असोज ३०, काठमाडौं ।बडादशैंं(विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौंमा दशैंको टीकासँगै चहलपहल बढेको छ । दशैंको टीकाको दोस्रो दिन शनिवार पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ ।             काठमाडौं उपत्यकामा पनि दशैंको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ । यो पटकको दशैंमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ ।             उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् । तुलनात्मक रुपमा शनिवार सडकमा सवारी साधन बाक्लो संंख्यामा चलेका देखिन्छन् ।             महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिवार पनि काठमाडौं उपत्यकामा दशैंको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । टीकाको पहिलो दिनभन्दा शनिवार केही बढी सवारी साधन चलेका छन् । सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।             ट्राफिक बत्तीका कारण पनि ट्राफिक व्यवस्थापनमा सहज भएको प्रहरीले बताएको छ । उपत्यकामा शनिवार अपराह्नसम्म कुनै अप्रिय घटना नभएको र सडकमा सवारी साधन निर्बाध रुपमा सञ्चालन भइरहेका प्रहरीले बताएको छ ।रासस

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने तयारी

काठमाडौं । सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी ले निर्णय गरेको छ । उत्पादकहरूले अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अपुग हुँदा आपूर्ति गर्न नसकिएको बताउँदै आएका छन् । त्यस्तै मानिसहरूले घरमा अक्सिजन होल्ड गरेर राख्दा पनि अपुग भएको उनीहरूको भनाइ छ । नयाँ प्रजातिको कोरोना भाइरसले संक्रमितको श्वासप्रश्वासमा असर पार्ने र  उनीहरूलाई अक्सिजन दिनुपर्ने अवस्था बढी भएको चिकित्सहरूले बताएका छन् । संक्रमण बढेसँगै अक्सिजनको माग बढ्ने भएकाले थप सिलिन्डर आवश्यक भएको हो । सीएमसी बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान व्यवस्थित गर्ने निर्णय गरेको छ । निषेधाज्ञा जारी भएका जिल्लाहरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र कार्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न सक्ने निर्णय समेत बैठकले गरेको छ । त्यसैगरी सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५०० शैय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल अघि बढाएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतवार मुख्यसचिव शंकरदास वैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरे । काठमाडौं उपत्यकामा कोरोनाका बिरामी बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सीसीएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको प्रधामन्त्री कार्यालयले बताएको छ । यसैबीच, कोरोनाबाट मृत्यु भएका नागरिकको दाह संस्कार सरकारले गर्ने भएको छ । आइतवार बसेको सीसीएमसी बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकका दाह संस्कार सरकारी खर्चमा गर्ने निर्णय गरेको हो । शव दाह गृह व्यवस्थित रूपमा सञ्चालन गर्ने र देखिएका समस्या निकारण गर्न विदेशबाट प्राविधिक झिकाउनुपर्ने भए त्यसको सहजीकरण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने निर्णय गरेको छ । परम्परागत विधिबाट पनि दाह संस्कार गरिने र त्यसलाई व्यवस्थित गर्न परिपत्र गरिसकिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी गराए । कोरोना नियन्त्रणमा कठिन भएपछि सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले आइतबार नै आन्तरिक उडानमा कोटाप्रणाली लागू गरेको छ भने केही अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतसहित ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको सरकारका एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठकको पूर्ण निर्णय सरकारले सार्वजनिक गरेको छैन । यसैबीच, काठमाडौंमा कोरोना संक्रमणले उच्च गति लिएपछि आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र बैंक तथा वित्तीय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न दिने निर्णय गरेको छ । खाद्यान्नका पसलहरू बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न अनुमति दिएकोमा सोमबारदेखि खोल्न नदिने निर्णय भएको काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार मास्क नलाई हिड्नेलाई जरिबाना गर्नेदेखि पासमा कडाइ गर्नेसम्मको निर्णय डीसीसीएमसीको बैठकबाट भएको छ ।

काठमाडौंमा निषेधाज्ञा - बिहे गर्दा गाडी चलाउन पास नचाहिने

काठमाडौंमा आजदेखि लागू भएको निषेधाज्ञामा बिहे गर्दा बिहे जनाउने ब्यानरसहितको दुई वटा गाडी सञ्चालन गर्न पाइने भएको छ ।  त्यस्ता सवारीसाधन जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यको लागि पार्टी प्यालेस प्रयोग गर्नुपरेमा भने प्रशासन कार्यालयबाट अनुमति पास चाहिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । बिहेमा १५ जनाभन्दा बढी सहभागी भने हुन पाइने छैन । बिबाह ब्रतबन्धमा सहभागी भइ अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भएमा भने चालकसहित बढीमा ७ जनासम्मको लाग...

काठमाडौंमा निषेधाज्ञाको समयमा बिहे गर्दा गाडी चलाउन पास नचाहिने

काठमाडौंमा निषेधाज्ञा (वैशाख १६–२२ गते) को समयमा बिहे गर्दा बिहे जनाउने ब्यानरसहितको दुई वटा गाडी सञ्चालन गर्न पाइने भएको छ । त्यस्ता सवारीसाधन जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यको लागि पार्टी प्यालेस प्रयोग गर्नुपरेमा भने प्रशासन कार्यालयबाट अनुमति पास चाहिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । बिहेमा १५ जनाभन्दा बढी सहभागी भने हुन पाइने छैन । बिबाह ब्रतबन्धमा सहभागी भइ अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भएमा भने चालकसहित बढीमा ७ जनासम्मक...

राजधानीमा पार्किङ हब खोइ ?

काठमाडौंमा पार्किङको समस्या निकै झेल्नुपरेको छ । उपत्यकामा पार्किङको समस्या समाधान गर्न सरकारले हब बनाउन जरुरी देखिन्छ ।आवतजावत बढी हुँदा बजार ठूलो हुन्छ । बजार ठूलो भएपछि गाडी धेरै हुन्छन् ।त्यसैले गाडी सुरक्षित तरिकाले राख्ने ठाउँ पनि हुन जरुरी छ । तर पार्किङ नहुँदा र जथाभावी पार्किङ गर्नुपर्दा सबैको टाउको दुखाइ भएको छ । महानगरपालिकालाई […]