युक्रेनको युद्धको कारणले अहिले तेलको मूल्य लगभग १४ वर्ष यताकै उच्चस्तरमा पुगेको छ। यसले गर्दा अमेरिकी राजनीतिज्ञले दशकौँदेखि तेल बजारमाथि केही सीमित मुलुकको अधिपत्य तोड्ने असफल प्रयासलाई पुन ब्युँताएका छन्। अमेरिकी सिनेटको एक समितिले बिहीबार ‘पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक)’ र यसका साझेदार (मुख्यतः रुस )लाई लक्षित गर्ने एक विधेयक पास गर्यो। सो विधेयकले तेलको मूल्य बढाउनमा मिलेर काम गरेको पाइएमा मुद्दा दायर गर्न सक्ने व्यवस्था गरेको छ। अमेरिकी सिनेटमा भएक