बारा : अंश दिनुपर्छ भनेर नागरिकता माग गर्ने सौतेनी आमाको छोराले हत्या गरेको रहस्य बाहिरिएको छ। बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरकी तेतरीदेवीको हत्या आरोपमा प्रहरीले उनको सौतेनी छोरालाई पक्राउ गरी सोधपुछ गर्दा यस्तो रहस्य बाहिरिएको हो।पक्राउ पर्नेमा २५ वर्षीय जयकिशोर यादव रहेका छन्। पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते हत्या भएको थियो।नागरिकताकै विषयलाई लिएर घरमा आपसी विवाद हुँदा जयकिशोरले खुकुरी प्रहार गरी तेतरीदेवीको वीभत्स हत्या गरेको स्विकार गरेको बाराका प्रहरी उपरीक