मुस्ताङ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ। बेनी–जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ–जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो। मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ–जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको […]
जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड युरो थप सहयोग गर्ने योजना बनाएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् । मन्त्री पिस्टोरियसले यो घोषणा अन्य युरोपेली रक्षा मन्त्रीहरूसँग संयुक्त पत्रकार सम्मेलनमा गरेका थिए । यसअघि जर्मनीले युक्रेनलाई पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग गरिसकेको छ । बर्लिनले युक्रेनको दीर्घकालीन समर्थनमा प्रतिबद्धता व्यक्त […]