कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

बीरगञ्ज, ५ बैशाख । सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको […]

सम्बन्धित सामग्री

केही क्षेत्रमा गठबन्धनका दलबीच प्रतिस्पर्धा हुने

काठमाण्डाै – सत्ता गठबन्धनका चार दलभित्र सहमति हुन नसकेका क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सबै क्षेत्रमा साझा उम्मेदवार तय गर्न नसकेपछि सत्तारूढ दलभित्रै प्रतिस्पर्धा हुने भएको हो ।बैठकपछि निकालिएको विज्ञप्तिमा केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ र ती ठाउँमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको उल्लेख छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ...

कालिकोटमा गठबन्धन दलभन्दा बाहिर तालमेल नगर्ने सहमति

१४ वैशाख, काठमाडौं । कालिकोटमा दलहरूले आन्तरिक सहमति हुन नसके गठबन्धनभन्दा बाहिरका दलसँग तालमेल नगर्ने सहमति गरेका छन् । बुधबार जिल्लामा रहेका दलहरूले गठबन्धनभित्र सहमति हुन नसकेमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने तर, अन्य पार्टीसँग तालमेल गर्न नपाउने निर्णय गरेका हुन् । कालिकोटमा गठबन्धनका उम्मेदवारभित्र सहमति जुट्न नसकेपछि अधिकांश पालिकामा एक्लाएक्लै र बागी उम्मेदवारी परेका […]

मुगुमा गठबन्धनले मित्रवत् प्रतिस्पर्धा गर्ने, यी पालिकाबारे भयो सहमति

काठमाडौं : मुगुमा सत्तारुढ दलहरुबिच मित्रवत् प्रतिस्पर्धा गरेर निर्वाचनमा जाने सहमति भएको छ। जिल्लामा रहेका चार स्थानीय तहमा ती दलबिच बाँडफाँटबारे शनिबार साँझ सहमति हुन नसकेपछि मित्रवत प्रतिस्पर्धामा जाने निर्णय भएको हो। आइतबार र सोमबार दुई दिन उम्मेदवारको मनोनयन दर्ताको समय भएकाले शनिबारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए।…

दाङमा सत्ता गठबन्धन : कतै तालमेल, कतै प्रतिस्पर्धा

१० वैशाख, दाङ । दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका दलहरुबीच दैनिक दुई पटकसम्म बैठक बस्दा पनि भागवण्डामा सहमति नजुटेपछि जिल्लाका अधिकांश पालिका र वडाहरुमा चुनावी तालमेलको सम्भावना टरेको छ । दलहरु आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन् । उम्मेदवारी मनोनयन […]

गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने, प्रतिस्पर्धा गर्ने सहमति

१० वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबारसम्म भएको छलफलमा सहमति नभएपछि अब मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निश्कर्षसहित नेताहरु उठेका छन् । आठवटा बैठकमा पनि दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारी […]

बर्दियामा मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनकाे सहमति

बर्दिया – बर्दियामा पाँच दलीय सत्ता गठबन्धनले भागबन्डाको टुङ्गो लगाउन नसकेपछि मित्रवत् ढङ्गबाट पालिका चुनावमा जाने सहमति गरेका छन् । यही वैशाख ३० गते हुने चुनावका लागि सत्ता गठबन्धनका टोलीले सात दिनसम्म लगातार पालिकाको नेतृत्व बाँडफाँट टुङ्ग्याउने प्रयास गरिरहेका थिए । तर कार्यदलको बैठकमा दलहरूले आफ्नो अडान नछाडेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।  गठबन्धनका विषयमा आज बुधवार सदमुकाम गुलरियामा पत्रकार सम्मेलन गर्दै टोलीले चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने लगायतका १० बुँदे निर्णय गरिएको सहमति पत्र सा...

मधेस प्रदेश : गठबन्धन घटकबीच कतै तालमेल, कतै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले कतै आपसमा तालमेल गर्ने, कतै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । सोमबारदेखि जारी पाँच दलीय गठबन्धनको बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।बैठकपछि जारी चार बुँदे सहमतिपत्र अनुसार सत्ता गठबन्धन घटकबीच चुनावी तालमेल हुन नसकेका पालिकामा आपसमै मित्रवत् प्रतिस्पर्धा हुनेछ । गठबन्धनमा आवद्ध सबै दलबीच सहमति हुन नसकेका पालिकामा दुई वा दुईभन्दा बढी दलबीच तालमेल गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग भने गठबन्धनमा आवद्ध कुनै पनि दलले

सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्न पाँच दलको निर्देशन

काठमाडौँ – पाँच दलले स्थानीय तहको चुनावमा सकेसम्म अविलम्ब सहमति गर्न र नभएमा मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिएको छ। ६ महानगरपालिका र ११ उपमहानगरपालिकको भागबण्डा टुंग्याउँदै पाँच दलका प्रमुख नेताहरुले सहमति नभए मित्रवत प्रतिष्पर्धाका लागि बाटो खोलिदिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष […]

भोजपुरमा ७ स्थानीय तह भागबण्डा, दुई ठाउँ प्रतिस्पर्धा

सत्ता गठबन्धनले भोजपुरको सात स्थानीय तहमा भागबण्डा गर्ने सहमति गरेको छ । गठबन्धनको बैठकले दुई स्थानीय तहमा भने मैत्रीपूर्ण प्रतिस्पर्धा  गर्ने सहमति भएको छ ।

हुम्लामा स्वच्छ प्रतिस्पर्धा गर्ने गठबन्धनबीच सहमति

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच चुनावी तालमेल गर्ने भनिए पनि हुम्लामा भने गठबन्धन नहुने भएको छ । स्थानीय तहको नेतृत्वको भागबण्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए ।वार्तामा सहभागी दलका अनुसार तीन दलबीच भएको बैठक गाउँपालिका बाँडफाँटमा कुरा मिल्न नसकेपछि स्थानीय आवश्यकताका आधारमा समीकरण गर्ने निर्णय भएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकप