काठमाडौं : मुगुमा सत्तारुढ दलहरुबिच मित्रवत् प्रतिस्पर्धा गरेर निर्वाचनमा जाने सहमति भएको छ। जिल्लामा रहेका चार स्थानीय तहमा ती दलबिच बाँडफाँटबारे शनिबार साँझ सहमति हुन नसकेपछि मित्रवत प्रतिस्पर्धामा जाने निर्णय भएको हो।
आइतबार र सोमबार दुई दिन उम्मेदवारको मनोनयन दर्ताको समय भएकाले शनिबारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए।…