एभरेष्ट बैंकले काभ्रेको पाँचखालका कृषकलाई कृषि ऋण दिने भएको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा उक्त ऋण सम्बन्धी सम्झौतापत्रमा पाँचखाल नगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ ।सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके […]